सञ्चारकर्मी घर्तीको तिज गीत ‘खुट्टी हल्लाइदेउ’ सार्वजनिक

असार १७, २०७६  |  ६९९ पटक पढिएको

गायक, संगीतकार तथा सञ्चारकर्मी प्रेम विवश घर्ती र शान्ता घर्ती मगरको तिज गीत ‘खुट्टी हल्लाइदेउ’ सार्वजनिक भएको छ । हिन्दुनारीहरुको महान चाड हरितालिका तिजको अवसरमा गायक घर्तीले यसपालि भने शान्ता घर्ती मगरसँगको सहकार्यमा छमछमी नचाउने तिज बजारमा ल्याएका छन् । देशभक्तिभावको गीत र दर्जनौ लोक तथा दोहोरी गीत बजारमा ल्याइसकेका गायक घर्ती ले २०७१ सालदेखी निरन्तर तिज गीत बजारमा ल्याइरहेका छन् भने प्राय उनको गीतले चर्चा पाउँदै आएका छन् । यस वर्षको ‘खुट्टी हल्लाइदेउ’ तिज गीत निकै रमाइलो र मज्जाले नाच्न मिल्ने खालको भएकोले गीत दिदीबहिनीले मात्र नभइ साना साना बालबालिका लगायत सबैले मन पराउने घर्तिको विश्वास भएको बताएका छन् ।

चर्चीत गीत लालुमैका गायक तथा मोडेल सन्दिप न्यौपाने र अफ्सना थापाको निकै रमाइलो अभिनय रहेको गीतको निर्देशन शिवन पोख्रेलले गरेका हुन् । मारुनी रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको तिज गीत खुट्टी हल्लाईदेउ’ को एरेन्ज निकै मेहनतका साथ केशव बडुले गरेको गायक घर्तीले बताएका छन् ।
                                                                                                     भिडियो

प्रतिक्रिया दिनुहोस

नयाँ समाचार


लोकप्रिय समाचार