२०७९ माघ १३, शुक्रबार

प्रदेश न ५ स्तरिय टेवल टेनिस छनोट सुरु

फागुन १९, २०७५  | १५१२ पटक पढिएको

लक्ष्मण बस्नेत,  तुलसिपुर !

दाङको तुलसिपुरमा आईतवार देखि प्रदेश न ५ स्तरिय टेवल टेनिस छनोट प्रतियोगिता सुरु भएको छ !

मध्य पश्चिमाञ्चल क्षेत्रीय खेलकुद बिकास समिती नेपालगन्ज बाके र दाङ जिल्ला खेलकुद विकास समितीको सयुक्त आयोजनामा संचालित प्रतियोगिताको उद्घाटन माननीय सासद हिरा चन्द्र केसिले गर्नु भएको हो ! फागुन २१ गते सम्म चल्ने प्रतियोगिता बाट बृहत आठौ रास्ट्रीय खेलकुद प्रतियोगिता २०७५ मा प्रदेश न ५ बाट प्रतिनिधित्व गर्ने खेलाडी छनोट हुनेछ्न् ! दाङ जिल्ला टेवल टेनिस सघको कभर्डहलमा जारी प्रतियोगितामा प्रदेश न ५ का १२ जिल्ला मध्य ११ जिल्लाका महिला र पुरुष गरि ४८ जना खेलाडिहरु बिच कडा प्रतिस्पर्धा हुने दाङ जिल्ला टेवल टेनिस संघका सचिव केशव प्रसाद श्रेष्ठले जानकारी दिनु भएको छ !

वेस्टअप फाइभका आधारमा खेलाइएको प्रतियोगिता अन्तरगत आईतवार महिला तथा पुरुष तर्फ पहिलो र दोस्रो चरणका खेलहरुमा प्रतिस्पर्धा भएको छ ! प्रतियोगिता अबधिभर रेफ्रीको भुमिकामा रास्ट्रीय रेफ्री बिपिन शर्मा,नारायण घिमिरे हुनुहुन्छ भने स्थानिय रेफ्रीमा खिम बहादुर महतरा,सुरेश बिक र निर्मला वलि रहनु भएको छ !

यसैबिच प्रतियोगिताको उद्घाटन समारोह प्रदेश न ५ स्तरिय टेवल टेनिस छनोट कार्यक्रमका सयोजक,मध्य पश्चिमाञ्चल क्षेत्रीय खेलकुद बिकास समितिका सदस्य रिता कोईरालाको अध्यक्षता तथा माननिय सासंद हिरा चन्द्र केसिको प्रमुख आतिथ्य एवं दाङ जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष डिल्ली बहादुर डागिको बिशिस्ट आतिथ्यमा भएको थियो !

सो अबसरमा टेवल टेनिसका चिफकोच बिनोद शाक्य,मध्री पश्चिमाञ्चल क्षेत्रीय खेलकुद बिकास समितिका कार्यालय प्रमुख बिस्णु शर्मा, प्युठान जिल्ला खेलकुद बिकास समितीका अध्यक्ष श्याम थापा, दाङ जिल्ला खेलकुद बिकास समितिका कोषाध्यक्ष कैलाश रोका,दाङ जिल्ला ब्याट्मिन्टन संघका सल्लाहकार बिनोद शर्मा, टेवल टेनिस संघ दाङ्का अध्यक्ष सिताराम शर्मा,उपाध्यक्ष अरुण लहरे, टेवल टेनिसका बरिस्ठ प्रशिक्षक सुनिल योन्जन, तुलसिपुर उपमहानगरपालिका वडा न १२ का सदस्य मान बहादुर केसि, टेवल टेनिसका प्रशिक्षकद्वय संजय अर्याल र राजेन्द्र श्रेष्ठ,सहायक प्रशिक्षक बालकृष्ण शाह लगाएतको उपस्थित रहेको थियो ! कार्यक्रमको संचालन खेल पत्रकार लक्ष्मण बस्नेतले गर्नु भएको थियो !

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस