२०७९ माघ १३, शुक्रबार

दाङमा पिकअप भ्यान दुर्घटना हुदाँ २ को मृत्यु, ५ घाइते

फागुन १५, २०७५  | १७६९ पटक पढिएको

घोराही देखि सक्राम हुदै छिल्लीकोट जादैं गरेको लु १ च ५९१२ नम्बरको पिकअप भ्यान छिल्लीकोट नजिक दुर्घटना हुदाँ २ जनाको मृत्यु सहित ५ जना घाइते भएका छन् ।
सवारी चालक तुल्सीपुर–१९ वाँसगढि निबासी ३५ वर्षका लालवहादुर रावत र तुल्सीपुर–१९ छिल्लीकोटका ५५ वर्षिय अमरराज वलीको घटनास्थलमै मृत्यु भएको वताइएको छ । घटनास्थलमा घाइतेहरुको हेमन्तपुर प्रहरी चौकी र अस्थाई ट्रफिक प्रहरी विजौरीको सक्रियतामा उद्दार गरिएको टा«फिक प्रहरी सरद केसीले जानकारी दिएका छन् । उक्त घटनामा कर्णवहादुर खड्क ा(४४), लिलावहादुर खड्का (१६), सपना वली(२५)र उनका दुइ छोरा समेत घाइते भएको केसिले घटनास्थलवाटै जानकारी दिए ।
लगातार वर्षका कारण उक्त सक्राम छिल्लीकोट सड्क खण्ड चिप्लोका कारण दुर्घटना भएको वताइएको छ । पिकअप भ्यान सडकखण्डको करिव डेढ सय मिटर तल खसेको वताइएकोछ ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस