२०७९ माघ १३, शुक्रबार

हात्तीपाइले राेग बिरुद्धकाे अाैषधि खुवाईयाे ।

फागुन १५, २०७५  | २२२४ पटक पढिएको

कपिल लामिछाने

दाङका सबै ठाउँहरुमा अाज हात्तीपाइले राेग बिरुद्धकाे अाैषधी खुवाईएकाे छ ।

त्यसै अनुसार तुलसीपुर उपमहानगरपालिकाका वडा नं १८ का पनि ५ वटा बुथमा करिव ५०० भन्दा बढि मानिसहरुले हात्तिपाईले राेग बिरुद्धकाे अाैषधी खाएका छन् । स्वास्थ्यकर्मी, स्वयमसेविका र जनप्रतिनिधिहरुकाे प्रत्यक्ष सहभागिताता अाैषधी खुवाईएकाे थियाे ।

तुलसीपुर उपमहानगरपालिका वडा नं १८ का ५ वटा केन्द्र मध्ये अस्पताल डाँडामा वडा अध्यक्ष माधव वलीकाे नेत्तृत्व, बिजाैरीमा जुगन्या चाैधरी, हेमन्तपुरमा शितल प्रसाद बुढा मगर, सातकुलेमा रमादेबि नेपाली र दुधरास केन्द्रमा धन बहादुर बस्नेतकाे नेत्तृत्व रहेकाे थियाे । नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नि:शुल्क रुपमा प्रदान गर्ने अाैषधी अहिले स्वास्थ्यकर्मीकाे राेहवरमा खुवाईएकाे हाे ।

तुलसीपुर स्वास्थ्य शाखाका प्रमुख गाेकर्ण दहालका अनुसार अाज पहिलाे दिन केन्द्र केन्द्रमा अाैषधी खुवाउने र भाेलीबाट स्कुल स्कुलमा गई अाैषधी खुवाउने र शनिबार घरदैलाै अभियानमा हिड्ने जानकारी दिनुभयाे । १९ गतेसम्म चल्ने याे अभियानमा सबैलाई अाैषधी खान समेत डा.दहालले अाग्रह गर्नुभएकाे छ ।

मानिसहरु हात्तीपाइले राेगकाे अाैषधी खान डराउने र केहि हुन्छ कि भन्ने त्रासले अझै अाेझेलमा परेकाले सबैलाई हात्तीपाइले राेगका बिरुद्धमा जनचेतना फैलाउन अाबश्यक रहेकाे र हात्तीपाइले बाट शरिरमा हुने बिभिन्न किसिमका समस्याबाट मुक्त हुन पनि अाैषधी खानुपर्ने उहाँकाे भनाई रहेकाे थियाे ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस