२०७९ माघ १३, शुक्रबार

मन्त्री अधिकारीसहित सातै जनाको निधन, नाम सहित

फागुन १५, २०७५  | १३४२ पटक पढिएको
१५ फाल्गुण, २०७५ काठमाडौं
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारी चढेको हेलिकप्पटर मा सवार सवैको मृत्यु भएको छ । ताप्लेजुङको फुङलिङ नगरपालिकाका मेयर छत्रपति प्याकुरेलले समाचार दैनिकलाई दिएको जानकारी अनुसार स्थानीयबासीले उनलाई घटना स्थलमा ६ ओटा लास रहेको बताएका छन् ।
‘ताप्लेजुङको गुराँसे डाँडा भन्दा भन्दा अलि पर काफ्ले पाटी भन्दा माथि फक्तालुङ र फुङलिङको सिमानामा पर्ने ठाँउमा दुर्घटना भएको हो । बाक्लो कुहिरो लागेको छ । स्थानीयबासिले ६ ओटा लास देखियो भनेका छन् । हेलिकप्टरले पनि एक चरण हेरेर फर्किएको छ । म पनि त्यसैतर्फ जाँदैंछु ।’
अधिकारीसहित ७ जना चढेको एयर डाइनेस्टी हेलिकप्टरमा चालक प्रभाकर केसीसहित मन्त्री अधिकारीसहित एयर डाइनेस्टीका मालिक आङ छिरिङ शेर्पा, विरेन्द्र बुढाथोकी, विरेन्द्र प्रसाद श्रेष्ठ, अर्जुन घिमिरे र युवराज दाहाल सवार थिए। पाथीभराबाट फर्किने क्रममा हेलिकप्टर दुर्घटना भएको हो ।
दुर्घटनामा मृत्यु हुनेहरु
रविन्द्र अधिकारी : मन्त्री संस्कृति पर्यटन तथा नागरिक उड्ययन
आङछिरिङ शेर्पा : अध्यक्ष यति एयरलाइन्स
वीरेन्द्रप्रसाद श्रेष्ठ : उपमहानिर्देशक नेपाल नागरिक उड्ययन प्राधिकरण
अर्जुनकुमार घिमिरे : सुरक्षाकर्मि
युवराज दाहाल :  उपसचिव
धुब्रदास भोछिभया : इन्जिनियर नेपाल नागरिक उड्न प्राधिकरण
प्रभाकर केसी : हेलिकप्टर क्याप्टेन

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस