२०७९ माघ २१, शनिबार

जिल्ला लिग र क्विक्स कप फुटबल जारी

असार ०४, २०७६  | ८१३ पटक पढिएको

– लक्ष्मण बस्नेत
४ असार, दाङ । दाङमा जिल्ला लिग र क्विक्स कप अन्तर विद्यालय स्तरिय फुटबल प्रतियोगिता २०७६ चलिरहेको छ । अखिल नेपाल फुटबल संघको वार्षिक कार्यक्रम अनुसार दाङ जिल्ला फुटबल संघको आयोजनामा सञ्चालित प्रतियोगिता अन्तर्गत क्विक्स कपमा जिलामा स्थापित ५३ विद्यालय आमने सामने भईरहेका छन् । त्यस्तै जिल्ला लिगमा १० क्लब बिच भिडन्त चलिरहेको छ ।

क्विक्स कप तर्फ घोराही क्षेत्रमा २२ विद्यालय र जिल्ला लिगमा ५ क्लब छन् भने तुलसीपुर क्षेत्रमा क्विक्स कप तर्फ ३१ विद्यालय र जिल्ला लिगमा ५ क्लबको सहभागिता छ । दुवै प्रतियोगिताबाट सेमिफाइनल यात्रा तय गर्ने घोराही र तुलसीपुर क्षेत्रका २,२ टिम बिच सेमिफाइनलमा भेट हुनेछ ।

यसैबिच जिल्ला लिग अन्तर्गत बुधबार भएको खेलमा सक्सेस युथ क्लब विजयी भएको छ । युनाइटेड युथ क्लब तुलसीपुर लाई ३–० गोल अन्तरले पाखा लगाउदै सक्सेस युथ क्लब विजयी भएको हो । उल्लेख्य दर्शकले खचाखच भरिएको अरनिको मैदानमा भएको शसक्त र शानदार खेलको पहिलो हफ्को २६ औं मिनेटमा सक्सेसका जर्सी नं. ७ का अभिषेक ओलिले पहिलो गोल गर्दै टिमलाई १–० को अग्रता दिलाए । जर्सी नं. ९ का अर्जुन नेपालीले २९ औ मिनेटमा थप एक गोल गरे भने जर्सी नं. ८ का दुर्गा राजलवटले दोस्रो हाफ्को ३४ मिनेटमा गोल गर्दै टिमलाई ३–० को जित दिलाउन सफल भए । यसअघि मंगलवार सम्पन्न खेलमा लक्ष्य युवा क्लब मलवार र टाईगर क्लब दमारगाउ बराबरि खेल्दै एक–एक अंक बाडेका छ्न् । यसैबिच लिग फुटबलमा बिहीवार बेलुका सवा ५ बजे लक्ष्य युवा क्लब मलवार र स्पोर्ट्स स्कुल फुटबल एकाडेमी तुलसीपुर भिड्नेछन् ।

यसैबीच क्विक्स कप अन्तर विद्यालय अन्तर्गत बुधबार जिवनप्रेमी स्कुल तुलसीपुर र राप्ती बाल एकाडेमी विजयी भएका छ्न् । क्विक्स कपमा बिहीबार बिहान पहिलो खेल सगरमाथा स्कुल र मावि दोघरे त्यस्तै दोस्रो खेल ग्यालेक्सी बोर्डिङ स्कुल गौरिगा र बाल अमृत दुधरास बिच हुनेछ ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस