२०७९ माघ १३, शुक्रबार

वडा नम्वर ९ मा वडा भेला

असार ०४, २०७६  | ७५९ पटक पढिएको

३ असार, तुलसीपुर / तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ९ ले आगामी आर्थिक वर्षका लागि योजना छनोट गर्न वडा भेला गरेको छ । वडाध्यक्ष घनश्याम ढकालको अध्यक्षतामा भएको भेलामा स्थानीय जनताहरुले विभिन्न योजनाका वारेमा छलफल गरेका थिए ।

भेलालाई सम्वोधन गर्दै प्रमुख अतिथि नगरप्रमुख घनश्याम पाण्डेले नागरिकलाई वडाले प्रभावकारी सेवा प्रदान गर्नुपर्ने आवश्यकता रहेको उनले बताए । कामलाई प्रभावकारी बनाउनका लागि साउनबाट काम सुरु गर्ने गरी उपमहानगरपालिकाले नयाँ आर्थिक वर्षको कार्यक्रमलाई अगाडि वढाएको उनको भनाई थियो । आवश्यकता पहिचान गरेर मात्रै योजना छनोट गर्नमा सबैले ध्यान दिनुपर्ने कुरामा उनले जोड दिए ।

सो अवसरमा विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान दिने विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको थियो । सो अवसरमा दोघरे माविमा २ वर्षदेखि निशुल्क अध्यापन गराउँदै आएको भन्दै शिक्षक नारायण, भट्टराई, निर्माण कार्यलाई प्रभावकारी ढँगले अगाडि बढाएको भन्दै शिवज्योति टोललाई सम्मान गरिएको थियो भने राष्ट्रिय खेलकुद प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने केशर खत्री र करुणा रिजाललाई जनही ५ हजार सहित पुरस्कृत समेत गरिएको थियो । वडा सदस्य रुपलाल चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण वडा सचिव गणेश आचार्यले गरेका थिए ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस