२०७९ माघ १७, मंगलबार

योग भवनको शिलान्यास

असार ०४, २०७६  | ६२२ पटक पढिएको

– दिप्तीशिखा चौधरी
४ असार, दंगीशरण / दंगाीशरण गाउँपालिका वडा नं. ५ का अध्यक्ष दिपक गौतमले योग भवनको शिलन्यास गरेका छन् । दंगीशरण गाउँपालिका वडा नं. ५ स्थित सलौरामा निर्माण हुन गईरहेको योग साधना हलको आज(बुधबार) एक कार्यक्रमका बिच शिलन्यास गरेका हुन् । अध्यक्ष गौतमले आफैँ भवनको जग फरुवाले खनेर शिलान्यास गरेका हुन् ।

सो अवसरमा अध्यक्ष गौतमले योग साधनाबाट मानिसको जीवनमा परिवर्तन आउने भन्दै वडामा योग साधना हल निर्माण गर्नुपर्ने आवश्यक रहेको कुरा बताए । उनले मन्दिर नजिकै योग हल भएमा बिहान र साँझको समयमा मानिसहरुलाई योग साधना गर्न सजिलो होस् भन्ने हेतुले यो प्रक्रिया थालिएको बताए । १६ मिटर लम्बाई र ५ मिटर चौडाईमा योग साधना हलको निर्माण कार्य आज बाट शुरु भएको छ ।

यो साधना हलका लागि गाउँपालिकाको ५० हजार बजेट र समुदायबाट १ लाख ५० हजार गरी २ लाखको लागतमा योग भवन निर्माण गर्न थालिएको अध्यक्ष गौतमले बताए । प्रधानमन्त्री रोजगारबाट छानिएका कामदारहरुलाई योग भवन निर्माण कार्यमा खटाईएको छ । एक महिनामा निर्माण कार्य सम्पन्न गरीने बताईएको छ ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस