२०७९ माघ १३, शुक्रबार

५ नम्बर प्रदेश प्रहरी प्रमुखको बिदाई

असार ०४, २०७६  | ८८९ पटक पढिएको

“कानुनी सर्वोच्चता अनुसार प्रहरी अघि बढनुपर्छ” –डिआईजि अधिकारी

४ असार, दाङ । प्रदेश नम्बर ५ का प्रहरी प्रमुख प्रहरी नायव महानिरिक्षक पिताम्बर अधिकारीलाई बुधबार दाङका सामाजिक सङ्घ संस्थाहरुले बिदाइ गरेका छन् ।

तुलसीपुर उद्योग वाणिज्य सङ्घको आयोजनामा भएको कार्यक्रममा बोल्दै डिआईजि अधिकारीले कानुनी सर्वोच्चता अनुरुप नेपाल प्रहरी अगाडि बढनुपर्ने धारणा राखेका छन् । कानुन भन्दा बाहिर गएर काम गर्ने अधिकार कसैलाई पनि छैन सबै कानुन कार्यान्वयन गराउने निकाय भनेको प्रहरी हो डिआईजि अधिकारीले भने । उनले प्रहरीलाई हरेक समस्या आईपर्दा उद्योग वाणिज्य सङ्घहरुले खेलेका सकारात्मक भूमिकाहरु सराहनीय छन् हामी हरेक अभियानमा सहकार्य गरेर अगाडि बढने हो भने समाजमा सजिलैसँग शान्ति सुरक्षा कायम गराउन मद्धत पुग्दछ । उनले नागरिक प्रहरी साझेदारी कार्यक्रममा समेत उद्योग वाणिज्य सङ्घ, स्थानीय निकाय र सङ्घसंस्थाको भूमिका प्रशासनिय रहेको छ उनले भने ।

तुलसीपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष विरबहादुर रावतको अध्यक्षतामा भएको कार्यक्रममा संस्थापक अध्यक्ष डिल्लीबहादुर बस्नेत, निवर्तमान अध्यक्ष बिमल रिजाल, सल्लाहकार तथा राप्ती बस समितिका अध्यक्ष सुरेश हमाल प्रेस सल्लाहकार एवं रिपोर्टस् क्लब दाङका अध्यक्ष शरद रेग्मी, दुर्गा प्रसाद भुषाल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा वरिष्ठ उपाध्यक्ष रामप्रसाद चालिसेले धन्यवाद ज्ञापन गरेका थिए । सो अवसरमा राप्ती बस समिति, लायन्स क्लब अफ दाङ, रिपोर्टस् क्लब दाङ, सामुदायिक प्रहरी सेवा केन्द्र तुलसीपुर लगायतले संयुक्त रुपमा प्रदेश प्रहरी प्रमुख अधिकारीलाई बिदाई गरेका थिए । महिला बालबालिका सेवा निर्देशनालय काठमाडौंमा सरुवा भएर जान लागेका डिआईजि अधिकारीलाई यस अघि अफिसर्स क्लब तुलसीपुरले पनि एक कार्यक्रमका बिच बिदाई गरेको थियोे ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस