२०७९ माघ १३, शुक्रबार

जिल्ला लिग सुरु : ‘टाईगर र लक्ष्यले अंक बाडे’

असार ०४, २०७६  | १०९८ पटक पढिएको

– लक्ष्मण बस्नेत
४ असार, दाङ / दाङ जिल्ला स्तरिय लिग फुटबल प्रतियोगिता मंगलवार देखि अरनिको मैदान तुलसीपुरमा सुरु भएको छ । अखिल नेपाल फुटबल संघको वार्षिक कार्यक्रम अनुसार दाङ जिल्ला फुटबल संघको आयोजनामा संचालित प्रतियोगिताको मंगलवार सम्पन्न खेलमा लक्ष्य युवा क्लब मलवार र टाईगर क्लब दमारगाउले अंक बाडेका छ्न् ।

उल्लेख्य दर्शकको उपस्थितिमा भएको शसक्त र शानदार खेलको निर्धारित समय सीमामा गोल रहित बराबरी भएपछी दुवै टिमले एक एक अंक बाड्न बाध्य भएका हुन् । यसैबिच लिग फुटबलमा बुधबार बेलुका सवा ५ बजे युनाईटेड युथ क्लब तुलसीपुर र सक्कसेस फुटबल क्लब भिड्नेछन् ।

प्रतियोगिता अन्तर्गत लिग चरणका खेल तुलसीपुर अरनिको मैदान र घोराही भरतपुर खेल मैदानमा हुनेछन् । तुलसीपुर र घोराही क्षेत्रमा ५,५ टिमको सहभागिता रहेको छ ।

यसैबिच लक्ष्य युवा क्लब तुलसीपुर १५ मलवारलाई जय बागेश्वरी ज्वलर्स तुलसीपुरले जर्सी प्रदान गरेको छ । अरनिको मैदान तुलसीपुरमा एक कार्यक्रमको आयोजना गरि जय बागेश्वरी ज्वलर्सका प्रोपाईटर युवा व्यावसायी पूर्व क्रिकेट खेलाडी खेलप्रेमी कमल डाँगीले क्लबका अध्यक्ष लक्ष्मण बस्नेत र सचिव सुरेन्द्र चौधरी (सुबोध)लाई प्रदान गरेका हुन् ।

कार्यक्रममा आफू खेलकुद क्षेत्रको विकासमा होमिएको पूर्व खेलाडी, खेलप्रेमी भएकै कारण क्लबलाई हौसला स्वरुप जर्सी प्रदान गरिएको डाँगीले बताए ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस