२०७९ माघ १३, शुक्रबार

“गाउँपालिका निरोगी हुनुपर्छ” : उपाध्यक्ष वली

असार ०४, २०७६  | ५८० पटक पढिएको

– दिप्तीशिखा चौधरी
४ असार, दंगीशरण / दंगीशरण गाउँपालिकाकी उपाध्यक्ष पिमा कुमारी खड्काले गाउँपालिकालाई निरोगी र रक्तअल्पतामुक्त गाउँपालिका बनाउँनुपर्ने बताएकि छिन् ।

रक्तअल्पताले अझै पनि अधिकांश जनसख्या पीडित रहेको भन्दै यसलाई न्यूनिकरण गर्न तर्फ लाग्नुपर्ने बताईन् । मंगलबार किशोरी आईरन तथा फोलिक एसिड सम्बन्धि वार्षिक समिक्षा कार्यक्रममा बोल्दै उपाध्यक्ष वलीले गाउँपालिकामा स्वास्थ्य शाखा, अस्पताल सबै जिम्मेवार संघसंस्था भएकाले गाउँपालिका भित्र रक्तअल्पताका बिरामीहरुमा कमी आउँनुपर्ने उनको धारणा थियो । हरेक मानीसको जिवन निरोगी हुनुपर्ने भन्दै उपाध्यक्ष वलीले स्वस्थ स्वास्थ्यमूखी गाउँपालिका निर्माणका लागि गाउँपालिकाले जस्तोसुकै कार्यक्रम गर्न तयार रहेको बताईन् ।

सो अवसरमा स्वास्थ्य शाखाका प्रमूख विष्णु क्षेत्रीले प्रदेश न. ५ मा उल्लेख गरिएको एक तथ्याङ्कका अनुसार २८ सय जनसंख्यामा ४४ प्रतिशतमा रक्तअस्पता भएको हुन सक्ने अनुमान गरिएको बताए । उनले यस रोगबाट बच्नका लागि खानपिनमा बिशेष ध्यान दिनुपर्ने भन्दै ६० प्रतिशत मिलिग्राम आईरनले रगतको मात्रा बढाउँने र ४ सय प्रतिशत माईक्रोग्राम फोलीक एसिडले वृद्धि विकासमा महत्वपूर्ण भूमिका खेल्ने कुरा बताए ।

कार्यक्रममा सुआहाराका पोषण अधिकृत लील बहादुर नेपालीले रक्तअल्पताको प्रकोप र जनस्वास्थ्य समस्या, नेपालमा किशोरीहरुको रक्तअल्पताको प्रकोप २० प्रतिशतमा गम्भीर समस्या देखिएको, नेपालमा रक्तअल्पता बढ्दो अवस्थामा रहेको, विश्वव्यापी रुपमा नेपालमा व्यापक रुपमा रक्तअल्पता ६८.५ देखि ७० प्रतिशतमा भएको र १३ देखि २० प्रतिशतमा कमी आएको बारेमा जानकारी गराएका थिए । यस्तै धजयका अनुसार रक्तअल्पता भएकाहरुलाई २० प्रतिशत बढि आईरन एसिड खुवाउने, आईरन फोलीक एसिड चक्की खादा हुन सक्ने सामान्य असरहरु, ध्यान दिनुपर्ने कुराहरुका बारेमा जानकारी दिनु भएको थियो ।

कार्यक्रममा शिक्षक केशव अधिकारीले यस कार्यक्रमका फोकल पर्सन नियमित हुनुपर्ने, गाउँपालिकाले बजेटको व्यवस्थापन गर्न समय समयमा गोष्ठिको आयोजना गर्नुपर्ने लगायतका सुझाव दिएका थिए । सो अवसरमा किशोरीहरुलाई आईरन फोलिक एसिड वितरण्म गर्ने कार्यक्रम अन्र्तगत कार्ययोजना तयार गरिएको थियो । जसमा २०७६ अषाढ ८ गते भित्र हरेक बिद्यालयमा उपलब्ध गराईसक्नुपर्ने, किशोरीहरु को तथ्यांक यहि हप्ता भित्र संकलन गरिसक्नुपर्ने, आईरन फोलिक एसिड खुवाउन हरेक विद्यालयमा अषाढ १० गतेबाट शुरु गरि पहिलो चरणमा कार्तिक पहिलो हप्ता र दोस्रो चरणको समाप्त भईसकेपछि १५ दिनभित्र प्रतिवेदन पेश गर्ने जस्ता कुरा प्रतीवेदनमा उल्लेख गरिएको छ ।

१० देखि १९ वर्ष उमेर समूहका सबै किशोरीहरुमा यो रोग देखा पर्ने भन्दै आईरनको कमीले हुने रक्तअल्पताको नियन्त्रण मार्फत किशोरीहरुको पोषण अवस्थामा सुधार ल्याउँने, किशोरीहरुमा रक्तअल्पता न्यून गर्ने, पोषण शिक्षा मार्फत किशोरीहरुमा आईरनयूक्त खानाको सेवन गर्ने, व्यवहारमा सुधार ल्याउने, उद्देश्यका साथ गाउँपालिकको स्वास्थ्य शाखाको आयोजना तथा सुआहाराको आर्थिक सहयोगमा कार्यक्रम भएको हो । स्वास्थ्य शाखाका प्रमूख विष्णु क्षेत्रीको अध्यक्षता एवं गाउँपालिकाका उपाध्यक्ष पिमा कूमारी खड्काको प्रमूख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस