२०७९ माघ १३, शुक्रबार

शान्तिनगर गाउँपालिकाद्वारा प्रधानमन्त्री रोजगार कार्यक्रमको उद्घाटन

असार ०३, २०७६  | ७९० पटक पढिएको

– निराश पाण्डे
३ असार, दाङ / प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत आज(मंगलबार) शान्तिनगर गाउँपालिकाले एक कार्यक्रमको आयोजना गरि उद्घाटन गरेको छ । उक्त कार्यक्रमको उद्घाटन शान्तिनगर गाउँपालिकाका अध्यक्ष कमानसिंस डाँगीले कागतीको बिरुवा रोपि उद्घाटन गरेका छन् ।

शान्तिनगर गाउँपालिकाका अध्यक्ष कमान सिंह डाँगीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा उपाध्यक्ष मिथिला शाह, प्रमुख प्रशासकीय अधिकृत निम बहादुर के. सी., शान्तिनगर गाउँपालिकाका प्रवक्ता रवि बुढाथोकी र स्वास्थ्य सहसंयोजक घनश्याम पाण्डेले बोलेका थिए ।

शान्तिनगर गाउँपालिका सातै वटा वडाहरु बाट छ्नौट भएका ९९ सय जना कामदारहरुलाई वडा नम्बर एकको खर्काकोट मन्दिरको सरसफाई, वडा नम्बर दुईको स्वास्थ्य केन्द्र र वडा कार्यालयको सरसफाई तिन नम्बर वडाको सुन्दरादेबी मन्दिरको बाटो मर्मत त्यसै गरि चार नम्बर वडामा खड्कपुर देखी चिराघाट सम्म कच्ची नाला निर्माण पाँच नम्बर वडामा जंगपुर खानेपानी लाइन विस्तार ६ नम्बर वडामा वडा कार्यालय परिसर सरसफाई र सात नम्बर वडामा करेसाबारी निर्माण गर्नुपर्ने छ ।

छनौट भएका श्रमिकहरुलार्इ भोली बुधबार देखि आ–आफ्नो वडामा काममा लगाइने प्रधानमन्त्री रोजगार कार्यक्रम शान्तिनगरका संयोजक निम राज सापकोटाले जनाएका छन् । दैनिक श्रमिकहरुले काम गरे वाफत ५ सय १७ रुपैयाँ पाउने छ्न भने दैनिक बिहान ९ बजे देखी बेलुका ५ बजे सम्म काम गर्नुपर्ने संयोजक सापकोटाले जनाएका छन् । ९९ सय जना मध्य ७७ जना महिला र २२ जना पुरुष रहेको संयोजक साप्कोटाले जनाएका छन् भने सबै भन्दा बढी १३ जना मध्य १२ जना महिला वडा नम्बर सातमा रहेको जनाइएको छ ।

शान्तिनगरमा महिलाको रोजगारमा आकर्षण देखिएको छ । शान्तिनगरमा ४४ सय ५१ जनाले रोजगारका लागी आवेदन फारम भरेका थिए भने यहि असार २९ गते सम्म श्रमिकहरुले काम गर्नुपर्ने छ ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस