२०७९ माघ १३, शुक्रबार

दुई दिने क्षमता विकास सम्बन्धि तालिम शुरु

असार ०३, २०७६  | ४९७ पटक पढिएको

३ असार, दाङ / राप्ती बहिरा संघ तुलसीपुर दाङको आयोजना एवं सामाजिक विकास मन्त्रालय प्रदेश नम्बर पाँचको सहयोगमा दई दिने अपाङ्ग्ता भएका व्यक्तिहरुको शसक्तिकरणका लागि क्षमता विकास तालिम आज(मंगलबार) शान्तिनगरको चिराघाटमा शुरु भएको छ ।

संस्थाकी कार्यकारी निर्देशक प्रतिमा शर्माको अध्यक्षता एवं शान्तिनगर गाउँपालिकाका अध्यक्ष कमानसिंह डाँगीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कार्यकारी निर्देशक प्रतिमा शर्माले तालिमको महत्व बारेमा प्रकाश पारेका थिए ।

शान्तिनगरका सातै वडाका तिस जना अपाङ्गता भएका व्यक्तिहरुको सहभागिता रहेको कार्यक्रमको सहजिकरण कार्यक्रम संयोजक देवा डाँगीले गरेकी थिइन् ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस