२०७९ माघ १३, शुक्रबार

हुम्लाको कर्णाली नदीमा जीप खस्दा, दशजना बेपत्ता

असार ०३, २०७६  | ७२० पटक पढिएको

राजन रावत

३ असार, सिमीकोट / हुम्लाको खार्पुनाथ गाउँपालिका ५ कैलेबालुस्थित सडकबाट जीप कर्णाली नदीमा खस्दा दशजना बेपत्ता भएका छन् ।

खार्पुबाट पालिका केन्द्रमा जाँदै गर्दा डेडुबिसौनामा दिउँसो करिब १२ः३० बजे सो दुर्घटना भएको थियो ।

जीपमा सवार यात्रीहरुलाई खार्पुनाथ गाउँकार्यपालिकाको बैठकमा सहभागी हुन जाँदै गर्दा जीप सडकबाट अन्दाजी २५ मिटर तल कर्णाली नदीमा खसेको थियो ।

हुम्ला जिल्लालाई राष्ट्रिय सडक सञ्जालले नजोडिए पनि जिल्ला सदरमुकाम सिमिकोटबाट कच्चीसडकबाट सवारी साधनहरु सञ्चालन भइरहेका छन् । Source: गोरखापत्र अनलाइन

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस