२०७९ माघ २६, बिहीबार

पत्रे खोलामा खोइ सरकार……, निर्माणाधिन पुल वेवारीसे

असार ०३, २०७६  | ७९७ पटक पढिएको

खेमराज रिजाल
दुधरास (दाङ) ३ असार । ‘यहां न सरकार देखिएको छ, नत निर्माण व्यवसायी, व्यक्ति हराएपनि सरकार त हराउन नहुने हो मैले यति मात्रै भनें’ दुधरासकि राधा अर्यालको अभिव्यक्ति हो यो । हेदाहेर्दै सायद यहि बर्खाअघि लमही—घोराही—तुलसीपुर सडक खण्डका ववइ, गुर्जे र सक्राम खोलामा पुल सन्चालन हुने छन्, ग्वारखोला अर्को बर्षामा सन्चालन हुने छ, तर पत्रेखोलामा पुल निर्माण विचमै अलपत्रको अवस्थामा छ । निर्माण व्यवसायी मात्र होइन, यो खोलामा सरकार पनि भागेको स्थानियबासीको अभिव्यक्ति छ । तर सरकारले एक पटक पनि यो खोलामा पुल निर्माण किन विचैमा रोकियो भन्ने विषयमा अभिव्यक्ति समेत दिन तयार छैन ।
करीव ४ करोड रुपैया बजेट भएको सिंगल स्ल्यावको पुल निर्माणको काम ६ बर्ष सम्म पनि पुरा नहुंदा यहांका जनप्रतिनिधिहरु तथा सांसदहरु वेखवर छन् । निर्माण व्यवसायी फिल्डमा छैनन् । पुल निर्माणको ठेक्का लगाउने मध्यपश्चिम डिभिजन सडक कार्यालय निरिह बनेको छ । पुल निर्माणको ठेक्का संझौता विसं २०७१ शालको भदौ ११ गते भएको थियो । काम विसं २०७४ भदौ ९ गते सम्पन्न गर्नुपर्ने थियो । बजेट भ्याट वाहेक ४ करोड, ३७ लाख, ५३ हजार रुपैयाको संझौता थियो । मध्यपश्चिम डिभिजन कार्यालय र शंकरमाली निर्माण सेवाबीचको यो संझौता विचमा विभिन्न वाहनामा थप म्याद मागेपछि एक पटक ११ महिना म्याद समेत थपिएको थियो । तर अहिले पुल परीयोजना गुमनाम छ ।
‘बोलेका छैनन्, सडकका हाकिम, किनकि निर्माण व्यवसायीलाइ कारवाहि गर्ने नैतिक सहास छैन, टेर्दैनन्, निर्माण व्यवसायी, किनकि उनले कारवाहिमा पर्छु भन्ने विश्वासै छैन’, यस्तै अवस्थामा छ पत्रेखोलामा निर्माणाधिन अधुरो पुल । जसको भुक्तानी निर्माण व्यवसायीले १ करोड ७५ लाख २२ हजार निर्माण व्यवसायीले पाइसकेका छन् । सडक डिभिजनका प्राविधिकले ४४ प्रतिसत भौतिक प्रगतिको रिपोर्ट कार्यालयमा पेस गरीसकेका छन् । तर पुलको सुपरस्ट्रक्चरमा अल्झन..।
त्यो वेला पत्रेको पुल नयां डिजाइनमा थियो । सडक विभागले निर्माण व्यवसायीले बनाएको डिजाइन स्वीकृत गरी पछि वातावरणिय प्रभाव हेरेर सुपर स्ट्रक्चर बनाउने भनेको थियो । ठेक्का संझौतामा पुलको डिजाइन पनि निर्माण कम्पनीलेनै गर्ने सहमती पनि भएको थियो । तर एकाएक सुपरस्ट्रक्चर नदिएको वाहनामा पुल निर्माणको काम रोकियो । निर्माण कम्पनी काठमाण्डौको हो । उसका प्रतिनिधि पदम शर्माले स्थानिय स्तरमा काम गरीरहेका छन् । स्थानिय प्रतिनिधिले आफ्नो कम्पनीले सुपरस्ट्रक्चरको डिजाइन पनि सडक विभागमा दिएको दावी गर्छन् । तर कहां गयो निर्माण कम्पनीको सुपरस्ट्रक्चरको डिजाइन? वेखवर छ मध्यपश्चिम डिभिजन सडक कार्यालय । पायौं पनि भन्दैन, पाएनौं पनि भन्दैन, एक्सन पनि लिंदैन ।
‘यो त निर्माण कम्पनीको चरम लापर्वाहि र कारवाहि गर्न सडक कार्यालयका प्रमुखको निरिहताको पराकाष्ठा हो’—मध्यपश्चिम डिभिजन कार्यालयका निमित्त प्रमुख लिला वहादुर भण्डारीले भने । सार्वजनिक खरीद ऐनले समयमा काम गर्न नसक्ने निर्माण कम्पनीको ठेक्का तोड्ने अधिकार ठेक्का लगाउने कार्यालयका प्रमुखलाइ दिएको छ । निर्माण कम्पनीलाइ कालो सुचिमा समेत राख्न सकिन्छ, । यसमा निर्माण व्यवसायी अदालत समेत जान सक्छन् । यदि अदालतले क्लिन चिट नदिएको अवस्थामा । पुल संझौता भएदेखि अहिले सम्म मध्यपश्चिम डिभिजन कार्यालयमा डिभिजन प्रमुखको भुमिकामा शिर वहादुर घिमिरे, बद्रि प्रसाद शर्मा र अहिले जितेन्द्र कुमार चौधरी छन् । तर कारवाहि गर्न कुनैपनि कार्यालय प्रमुखले कानुनी हैसियत समेत देखाउन सकेनन् । यस्तै अवस्थाले राज्यको लगानी डम्पिङमा रहेको छ । प्राविधिका अनुसार यहि संरचनालाइ डिजाइन बनाएर सुपरस्ट्रक्चर निर्माण गरी काम सम्पन्न गर्न बढिमा ६ महिना मात्र लाग्छ, तर यो व्यवस्थापन गर्न नसक्नु यहांका राजनेताहरुको कमजोरी हो ।

निर्माण कम्पनीका प्रतिनिधिको फोन स्वीच अफ गरीएको छ । सडक डिभिजन कार्यालय प्रमुख राजधानीमा गएका छन् । साइड इन्चार्ज तथा सुचना अधिकारीसंग पनि पटक पटकको प्रयासमा संपर्क हुन सकेको छैन ।
विकाशको नेतृत्व गर्ने जिल्लामा सडक, विद्युत, भौतिक पुर्वाधार, सिंचाइ जस्ता कार्यालयका प्रमुखहरलाइ सरुवा गर्दा तात्कालिन सरकारको पाटिका स्थानिय प्रभावशाली नेतालाइ विषयगत कार्यालयका मन्त्रीले सोधेर मात्रै गर्छन्, त्यसैले जनचाहना अनुरुपको विकाश हुन्छ, तर यहां आउने र जाने कार्यालय प्रमुखहरुका विषयमा राजनितिक दलका प्रभावशाली नेताहरु समेत चिन्तित नरहेको पनि स्थानिय सरोकारवालाहरु ब्ताउंछन् ।

त्यसै कारण पनि यहां विकाश निर्माणका काममा निरन्तर रुपमा ढिलासुस्ती हुंदै आएको छ ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस