२०७९ माघ २१, शनिबार

दुई दिने बालमैत्री स्थानीय शासन सम्बन्धि अभिमुखिकरण तालिम सप्पन्न

असार ०२, २०७६  | १३६४ पटक पढिएको

२ असार, दाङ / शान्तिनगर गाउँपालिकाको आयोजनामा दुई दिने बालमैत्री स्थानीय शासन सम्बन्धि अभिमुखिकरण तालिम आज (सोमबार) चिराघाटमा सप्पन्न भएको छ ।

दुई दिन सम्म सञ्चालित उक्त तालिममा बालमैत्री स्थानीय शासनको अवधारणा र उद्देश्य, त्यसको आवश्यकता र महत्व, राष्ट्रिय र स्थानीय सुचक, बालअधिकारको परिभाषा र भूमिका बारेमा प्रशिक्षक कमल गौतमले प्रशिक्षण दिएका थिए ।

समापन कार्यक्रममा बोल्दै शान्तिनगर गाउँपालिकाका अध्यक्ष कमान सिंह डाँगीले हरेक क्षेत्रमा सुशासनको आवश्यकता रहेको बताउँदै तालिम तालिममा मात्रै सिमित नहोस् भन्दै त्यसको प्रतिफल पनि गाउँपालिकाले कुरिरहेको बताए ।

शान्तिनगर गाउँपालिकाका अध्यक्ष कमान सिंह डाँगीको अध्यक्षतामा सम्पन्न समापन कार्यक्रममा शान्तिनगर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत निमबहादुर के.सी., बाल क्लब शान्तिनगरका अध्यक्ष खिम बहादुर बस्नेत, चार नम्बर वडा सदस्य मिना गिरिले बोलेका थिए । उक्त कार्यक्रममा ३० जनाको सहभागिता रहेको थियो ।

दुई दिन सम्म सञ्चालित तालिममा बाल क्लबका सदस्य, महिला स्वयम् सेविका, सुरक्षा निकायका प्रतिनिधि महिला सदस्यहरुको सहभागिता रहेको थियो, भने कार्यक्रमको सञ्चालन गुप्ता अधिकारीले गरेका थिए ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस