२०७९ माघ २४, मंगलबार

जन्मदोष सम्बन्धि अभिमुखीकरण

असार ०२, २०७६  | २५५१ पटक पढिएको

– दिप्तीशिखा चौधरी
२ असार, दंगीशरण / जन्मदोष सम्बन्धि पालिका स्तरीय अभिमुखीकरण कार्यक्रम सोमबार दंगीशरण गाउँपालिकामा सम्पन्न भएको छ । दंगीशरण गाउँपालिका अन्र्तगत स्वास्थ्य शाखाको आयोजनामा स्वास्थ्य कार्यालय दाङका पब्लिक हेल्थ नर्स रेणु श्रेष्ठले जन्मदोषको परिचय, यसका कारणहरु र यस रोगका प्रकारहरुमा संरचनात्मक वा कार्यात्मक जन्मदोष, विकाशात्मक जन्मदोषका बारेमा जानकारी गराएकि थिईन् ।

जन्मदोष हुनुका कारणहरुमा धुम्रपान, खराब वातावरण, हानिकारक औषधिको सेवन, केमिकलस मिसिएको खानाबाट बच्चाहरु जन्मदोषको शिकार भएको पाईएको छ । बच्चालाई जन्मदोष हुन बाट बचाउनका लागि गर्भधारण हुनुभन्दा पहिले चेकजाँच गराउने, जन्म अघि अल्ट्रासाउन्ड अर्थात् रक्त परिक्षणबाट जन्मदोष बारे पहिचान गर्ने, यौन संचारित रोगको परिक्षण गर्ने, जन्मदोष सम्बन्धि शरीरमा लक्षण देखा परेमा चेकजाँच गराउने, भिटामिनयुक्त खाना खाएमा यस रोगबाट बच्न सकिने नर्स श्रेष्ठले जानकारी दिईन् ।

कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष पिमा कुमारी खड्काले यो विषयको कार्यक्रम गाउँपालिकाका लागि नौलो कार्यक्रम रहेको बताईन् । उनले गाउँघरमा यो रोगको शिकार धेरै जना भएको भन्दै यसलाई निर्मुल पार्न यस्तै अभिमुखीकरण कार्यक्रमको आवश्यक रहेको बताई । उनले गाउँतहमा बाहिर नआएका यस्ता प्रकारका रोगबाट बच्न अभिमुखीकरण र जनचेतनामूलक कार्यक्रम गर्न आवश्यक रहेको भन्दै आगामी दिनमा स्वास्थ्यलाई प्राथमिक्तामा राखेर कार्यक्रम गर्न गर्न स्वास्थ्य शाखालाई आग्रह गरिन् ।

सो अवसरमा सहभागीहरुले दंगीशरणमा यो विषयको कार्यक्रमलाई हरेक वडामा लग्न जरुरी रहेको बताएका थिए । यस रोग बारे यहाँका धेरै जनता अनभिज्ञ रहेको भन्दै यो कार्यक्रमलाई अगाडि लग्नुपर्ने जरुरी रहेको उनीहरुको भनाई थियो । अभिमुखीकरणमा ईलाका स्वास्थ्य चौकि कार्यालय हेकुली, श्रीगाउँ स्वास्थ्य चौकी र गोल्टाकुरी स्वास्थ्य चौकीका प्रमुख, नर्स, स्वयंम सेवक र जनप्रतिनिधि तथा कर्मचारीहरुको सहभागिता रहेको थियो ।

स्वास्थ्य शाखाका प्रमूख विष्णु क्षेत्रीको अध्यक्षता तथा उपाध्यक्ष पिमा कुमारी खड्काको प्रमूख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रमको सहजिकरण स्वास्थ्य शाखाका उप –प्रमूख नेव बहादुर के.सी. ले गरेका थिए ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस