२०७९ माघ १३, शुक्रबार

बालश्रमिकको अवस्थाका बारेमा जानकारी लिईयो

असार ०१, २०७६  | ४०२ पटक पढिएको

१ असार, तुलसीपुर / दाङको तुलसीपुरमा राष्ट्रिय श्रमिक प्रतिष्ठान यस क्षेत्रको वालश्रमिकको अवस्थाको बारेमा जानकारी लिएको छ । तुलसीपुरमा बालश्रमिकको अवस्थाका बारेमा यहाँका सरोकारवालासंग छलफल गरि तुलसीपुरका विभिन्न वडामा सञ्चालन भएको व्यबहार परिवर्तनका लागि सञ्चार कार्यक्रमको प्रभावकारीता र आउँदा दिनमा गर्ने पर्ने कार्यक्रमका बारेमा आईतबार जानकारी लिएको हो । नबजागरण महिला तथा बालसंरक्षण केन्द्र (न्युसिपिसी)ले उपमहानगरपालिका र सिविसको आयोजनामा कार्यक्रम सञ्चालन गरिरहेको छ ।

कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका महिला शाखाकी माया श्रेष्ठ, सूचना अधिकारी झरेन्द्र खरेल, न्युसिपिसिका अध्यक्ष निशा लामिछाने, कार्यक्रम संयोजक सन्तोष चनारा, जनप्रतिनिधि नवराज लामिछाने, कुमार लामिछाने, शिक्षक मेघराज घिमिरेलगायतको सहभागी थियो । साथै प्रतिष्ठानबाट शिव शर्मा र कृष्ण सापकोटाको सहभागिता भएको थियो । त्यस अवसरमा कार्यक्रमले राम्रो प्रभाव पारेको सहभागीले प्रतिक्रिया दिएका थिए । नियमित कार्यक्रम सञ्चालन गर्दा यसले सकारात्मक सन्देश प्रदान गरेको उनको भनाई थियो ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस