२०७९ माघ २४, मंगलबार

प्रधानमन्त्रि रोजगार कार्यक्रम अन्तर्गत कामदार छनौट

असार ०१, २०७६  | ६०१ पटक पढिएको

– निराश पाण्डे
१ असार, दाङ /  प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत शान्तिनगर गाउँपालिका वडा नम्बर पाँच, छ र सात नम्बर वडाले रोजगारका लागि तेह्र जनाका दरले कामदार छनौट गरिएको जनाएको छ ।

अब बाँकि १, २, ३ र ४ नम्बर वडाहरुले कामदार छनौट गर्न बाँकि रहेको प्रधानमन्त्री रोजगार कार्यक्रम शान्तिनगरका संयोजक निमराज सापकोटाले जनाएका छ्न् । बाँकि वडाहरुले छनौट गरि सकेपछि काम सुरु गरिने शान्तिनगर गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत निम बहादुर केसीले बताए ।

शान्तिनगरमा रोजगारका लागि ४४५१ जनाले आवेदन फारम भरेका थिए जसमध्य महिला २५८० र पुरुष १८७१ जनाले उक्त फारम भरेका थिए ।

प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि केन्द्र सरकारले यस ९९ जनाका लागि अघि २२ लाख रुपैयाँ समेत पठाइ सकेको छ भने कुन काम कहाँ गर्ने भन्ने विषयमा गाउँपालिकाले यस अघि टुङ्गो लगाइ सकेको छ ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस