२०७९ माघ १३, शुक्रबार

“प्रेसमाथिको नियन्त्रण अस्वीकार्य” – काउन्सिल पूर्व अध्यक्ष शर्मा

असार ०१, २०७६  | ६४४ पटक पढिएको

– साक्षी खबर
१ असार, दाङ / प्रेस काउन्सिल नेपालका पुर्व अध्यक्ष तथा अग्रज पत्रकार नारायण प्रसाद शर्माले वर्तमान सरकारले ल्याएको मिडिया विधेयक स्वीकार्य नहुने बताएका छन् । रिपोटर्स क्लव नेपाल दाङले आइतवार घोराहीको होटल माला इनमा आयोजना गरेको साक्षातकार कार्यक्रममा बोल्दै पुर्व अध्यक्ष शर्माले सञ्चार क्षेत्रलाई नियन्त्रण गर्न खोज्ने मिडिया विधेयक तत्काल फिर्ता लिन पनि सरकारलाई आग्रह गरे ।

‘सञ्चार क्षेत्रको नियमनलाई स्वीकार्न विधेयक ल्याउन खोजिएको हो भने त्यो स्वीकार्न सकिन्छ, तर नियन्त्रण गर्न अभिप्रेरीत विधेयक सञ्चारकर्मिहरुले स्वीकार्न सक्दैनन्’— रिपोटर्स क्लवका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा पूर्वअध्यक्ष शर्माले भने, विधेयक नियण्त्रणको मनसायले आएको छ । सञ्चारकर्मिहरु जहिलेपनि प्रतिपक्षिको भुमिकामा हुने तर सत्ताधारी जहिल्यैपनि नियन्त्रण गर्न चाहने मनस्थितिमा रहने पनि शर्माले बताए ।

त्यसै कार्यक्रममा पत्रकार महासंघ दाङका पुर्व अध्यक्ष तथा नागरिक अगुवा टिकाराम रेग्मीले विधेयक दुर्गणै दुर्गुणले भरिएको भन्दै सरकारले मिडिया विधेयकलाई खारेज गर्नुपर्ने बताए । साथै उनले ३२ दफाले भरिएको विधेयकमा अधिकांश दफाहरु नियन्त्रणकारी भएको पनि दावी गरे । साथै उनले मिडिया विधेयक खारेजगरी प्रेस काउन्सिल विधेयक ल्याउन पनि सरकारलाई सुझाव दिए । कार्यक्रममा स्वतन्त्रताका सेनानी शुशिल गौतमले मिडिया काउन्सिल विधेयकलाई सरकारले थेग्न नसक्ने बताए । ‘प्रेसलाइ जहिलेपनि कार्यपलिकाको डण्डाबाट टाढा राख्नुपर्दछ, गलत गर्ने पत्रकारलाई कारवाही गर्ने त अन्य कानुन पनि छन् नि, गौतमले भने ।

कार्यक्रममा पूर्व अध्यक्ष केवि मसालले पनि मिडिया काउन्सिल विधेयक स्वतन्त्र प्रेसका पक्षमा नभएको बताए । सो अवसरमा बोल्दै पत्रकार महासंघ दाङका पूर्व अध्यक्ष प्रताप रेग्मीले नेपालको संघीय संविधानलेनै पूर्ण प्रेस स्वतन्त्रताको ग्यारेन्टि गरेको अवस्थामा फेरी सञ्चारजगतलाई अंकुश लगाउन खोज्ने विधेयक ल्याउन खोज्नु सरकारको गलत नियत भएको बताए ।

साक्षातकार कार्यक्रममा मिडिया विधेयकसंगै दाङ जिल्लामा पत्रकारिताको सुरुआत तथा वर्तमान अवस्थाका विषयमा पनि समिक्षा गरिएको थियो ।

साथै पत्रकारहरुप्रति घट्दै गएको जनमतका विषयमा पनि स्वयम पत्रकारहरुले आत्मसमिक्षा गर्न आवस्यक रहेको पनि सो अवसरमा जानकारी गराइएको थियो । कार्यक्रमको सहजीकरण क्लवका महासचिव विमल गौतमले गरेका थिए । कार्यक्रममा जिल्लाका प्रायः सबै सञ्चार माध्यमका पत्रकारहरुको उपस्थिति रहेको थियो ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस