२०७९ माघ २४, मंगलबार

अत्याधिक गर्मीले देउखुरीको जनजीवन प्रभावित

जेठ ३२, २०७६  | ४१० पटक पढिएको

आकाशे पानीको भरमा खेतीपाती गर्दै आएका कृषकहरु मारमा

३२ जेठ, भालुवाङ / देउखुरीमा अत्याधिक गर्मी बढेपछि जनजिवन प्रभावित बनेको छ । शहर बजारमा पनि कम मात्रमा मानिसहरु देदिने गरेका छन् । उता वर्षाको समयमा पानी नपरेपछि आकाशे पानीको भरमा खेतीपाती गर्दै आइरहेका देउखुरीका कृषकहरु मारमा परेका छन् ।

बढदो जलवायु परिवर्तनले मनसुनलाई हरेक साल पछाडी धकेली दिदा सबैभन्दा ठूलो मार कृषकहरुले खेप्नुपरेको लमही ३ जखेरा तालका कृषक देविप्रसाद चौधरीको भनाई छ । गएको वर्षमा यति बेला धान बाली लगाउने हतारोमा खेतबारीमा भेटिने यहाँका किसानहरु अहिले आकाशतर्फ टोलाएर पानीको प्रतिक्षा गरिरहेका छन् ।

उसो त गत वर्ष यतिबेला खेतमा धान रोप्न कस्सीएका कृषक ओमबहादुर कुमालले यसवर्ष धानको बीउसम्म राख्न सकेका छैनन् । सामान्यतया अन्य वर्षमा यतिखेर बारीमा लगाएको मकै खनेर सकिने समय हो । यद्यपी अहिले देउखुरीका अधिकांश खेतबारी त्यतिकै बाँझो बसिरहेका छन् ।

विशेष त मानो छरेर मुरी उब्जाउने र वर्षभरीको गर्जो टार्ने कृषकहरु मनसुनको नहुँदा मर्कामा परेका छन् । यस्तै लामो समयसम्मको खडेरीले गर्दा पिउने पानीका म’ुहानहरु समेत सुकिरहेका छन् । यति बेला मुलुकको अधिकांश भागसहित दाङ देउखुरीमा तातो हावा लाग्ने क्रम दैनिक बढीरहेको छ । चर्कदो गर्मी र एक साता अघिदेखि चलेको तातोहावाका कारण देउखुरी विभिन्न अस्पत्तालमा बिरामीहरु बढेको अस्पताल स्रोतले जानकारी दिएका छन् ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस