२०७९ माघ १७, मंगलबार

सडक गुरुयोजनाका लागि विकास प्राधिकरण

जेठ ३२, २०७६  | ६४६ पटक पढिएको

३२ जेठ, तुलसीपुर / तुलसीपुर उपमहानगरपालिकाले यसपटक नीति तथा कार्यक्रममा अलि फरक खाले नीतिपास गरेको छ । पूर्वाधार निर्माणलाई गति प्रदान गर्नका लागि सडक तथा पूर्वाधार विकास प्राधिकरण निर्माण गर्ने कुरा नगर सभाबाट पारित भएको छ । ‘सडक तथापूर्वाधार विकास प्राधिकरणलाई स्वायत्त संस्थाको रुपमा विकास गरी आवश्यक जनशक्तिको व्यवस्था गरिनेछ ।’ नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

केही वडा सदस्यको आपत्तिका विच कार्यपालिकामा सर्वसम्मत रुपले पारित भएको प्राधिकरण निर्माणको कुरालाई नगर सभाले अनुमोदन गरेको हो । ‘तुलसीपुर उपमहानगरपािलकाले बनाएको सडक गुरुयोजनालाई मुर्तता दिनका लागि प्राधिकरणको कुरा उठाइएको हो’ नगरप्रमुख घनश्याम पाण्डेले भने । उनले तुलसीपुरमा कुल ९ सय किलोमिटर सडक कालोपत्रे गर्न बाँकी रहेको भन्दै कनिका छरेजस्तो बजेट छरेर लक्ष्यमा पुग्न नसकिने भएकाले पनि एकै पटक कामलाई प्रभावकारी ढँगबाट अगाडि बढाउनका लागिविकास प्राधिकरणको कुरा आएको उनको भनाई छ । ‘अहिलेको गतिले कामगर्दा ५० वर्षमा पनि हामी लक्ष्यमा पुग्न सक्दैनौ त्यसकारण फरक ढँगले कामगर्न खोजेका हांै’ नगरप्रमुख पाण्डेको भनाई छ ।

प्राधिकरण मार्फत उपमहानगरपालिकाले आफै विभिन्ननिर्माण सामग्री खरिद गरेर कालोपत्रे गर्नेछ । ‘हामीले खोलाबाट गिट्टी वालुवादिदा ५ सय आउँछ र हामीले त्यो २५ सय सम्मकिन्नु परेको छ ।’ पाण्डेले भने ‘हामीसँग भएको कुरा हामी आफैले प्रयोग गरेपछि निर्माणको कामनिकै कममुल्यमा हुन्छ’ प्राधिकरण मार्फत यसवर्षका लागि सामान खरिद सहितकरिव १८ करोडमा ६० किलोमिटर सडक उपमहानगरपालिकाले कालोपत्रे गर्ने योजना बनाएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रमको जनशक्ति प्रयोग गरेर काम गरिने पनि उनले जानकारी दिए । कालोपत्रे बनाउँदा उपभोक्ताले आवश्यकता अनुसार नाला निर्माण गर्नुपर्ने इन्जिनियर पवन योगीले बताए । इन्जिनियर योगीकाअनुसार हरेक वडामा ३ किलोमिटरका दरले कालोपत्रे गर्नका लागि प्रक्रिया अगािड बढाउन थालिएको छ । आफ्नै तरिकाले सडक निर्माण गर्दा गुणस्तरका साथै सडकमा पनि एकरुपता हुन नसकेको भन्दै प्राधिकरण मार्फत सडकमा पनि एकरुपता ल्याउने जनाइएको छ ।

उपमहानगरपालिकाले वडाका लागि गर्ने ३ किलोमिटर सडकका लागि भने वडा कार्यालय मार्फत नै गरिने नगर प्रवक्ता सुर्यबहादुर डाँगीले बताए । ‘हरेक वडाले ३ किलोमिटर सडक कसरी निर्माण गर्ने भन्ने कुराका बारेमा आफै निर्णय गर्नुपर्नेछ’ उनले भने । उनले सडकको मापदण्ड भने सबैले पालनागर्नुपर्ने कुरामाजोड दिए । ८ किलोमिटर भन्दा साना सडकमा उपमहानगरपालिकाले कालोपत्रे नगर्ने प्रावधान बनाएको छ । सडक पूर्वाधार विकासको पहिलो आधार भएको भन्दै उपमहानगरपालिकाले आगामी आर्थिक वर्षलाई सडक पूर्वाधार वर्षका रुपमा मनाउने भएको छ । ‘सबै ठाउँमा विकास गर्ने लक्ष्य भएपनि आवश्यकताका आधारमा प्राथमिकता निर्धारण गरेर काम गरिरहेका छौ’ नगरप्रवक्ता डाँगीले जानकारी गराए ।

विकास प्राधिकरणले सडकको मात्रै नभएर अन्य विकासका कामहरु पनि गर्ने जनाइएको छ । ‘यसका लागि कार्यविधि निर्माणको काम अगाडि बढाइनेछ’ प्रमुख प्रशासकीय अधिकृत आनन्द सारुले बताए । उनले प्राधिकरण कस्तो बनाउने भन्ने बारेमा छलफल अगाडि बढाइने पनि बताए । ‘निर्वाचित वडिले कस्तो बनाउने भन्ने बारेमा छलफल गरेर मात्रै यसलाई अन्तिम रुप दिइनेछ’ सारुले भने । उनले राजनीति मुक्त रुपमा प्राधिकरण निर्माणको लागि सल्लाह दिएको समेत बताए ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस