२०७९ माघ १७, मंगलबार

सिमेन्ट उद्योगको प्लान्ट भत्किदा ३ मजदुरको मृत्यु

जेठ ३२, २०७६  | १५८१ पटक पढिएको

३२ जेठ, देउखुरी / दाङमा सिमेन्ट उद्योगको नयाँ प्लान्ट निर्माणको क्रममा ढलाई भत्किदा ३ मजदुरको मृत्यु भएको छ । शनिबार बिहान २ बजे ५० मिटर अग्लोमा रहेको प्लान्टको पाँचौ तल्लाको सट्रिङ्ग भत्किदा घाईते भएका ३ जनाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ ।

लमही नगरपालिका वडा नम्बर ७ स्थित सम्राट सिमेन्ट उद्योगको नयाँ प्लान्ट निर्माणको लागि एभरेष्ट कन्ट्रक्सन भारतले ठेक्का लिएको छ । जुन प्लान्ट ८० मिटर अग्लो हो । हाल ५० मिटर काम भईसकेको छ । उक्त कम्पनिमा २५० जना भारतिय मजदुर कार्यरत छन् । शनिबार राति मात्र प्लान्टमा २० जना मजदुर काम गर्दै गरेको कम्पनिले बताएको छ । एभरेष्ट कम्पनिले सिफ्ट अनुसार मजदुरलाई २४ घण्टा काममा लगाउँछ । राति डिउटी पर्ने मजदुरको लागि सधै खतरा हुने एक स्थानियले बताए । ’कम्पनिले सधै राति काम गराउँछ, यसले मजदुरलाई खतरा छ एक मजदुरले भने रातिको कामको नतिजा आज देखियो ।’

मजदुरको सुरक्षा सहित बाँकि काम सम्पन्न गराउन ठेक्का कम्पनिलाई आग्रह गर्ने सम्राट सिमेन्ट कम्पनिका जनरल म्यानेजर रेवन्त ढकालले बताए । घटनाको प्रकृति हेर्दा सट्रिङ्गले कँक्रिटको भार थेग्न नसकेर दुर्घटना निम्तिएको वडा प्रहरी कार्यालय अमिलियाका प्रहरी प्रमुख युवराज चौधरीले बताए । सुरक्षाको लागि मजदुरले बेल्ट प्रयोग गरेपनि माथिल्लो तल्लामा बेल्ट बाँध्ने ठाउँ छैन । मजदुर हतास भएको र रातिको समय भएकोले पनि दुर्घटना भएको हुन सक्ने चौधरीले बताए । एक मजदुर माथिबाट खस्दै गर्दा बिचमै स्काफोल्डिङ्ग पक्रेर बाँच्न सफल भएका छन ।

मृत्यु हुनेमा भारत झारखण्ड निवासी ४५ वर्षका मंगल कस्यव, २२ वर्षका दयाल हरेन, ४६ वर्षका साहेव रहेका छन् ।घटनामा अजय हेरेन, दिपेन बोडोलइ, नरेन बोडलइ घाइते भएका छन् । जस मध्य अजय हेरेन र नरेन बोडोलाई थप उपचारको लागि बुटवल पठाईएको छ । घाइतेहरुको फ्लोरेन्स अस्पताल लमहीमा प्रारम्भिक उपचार गरिएको थियो । घटनाको अनुसन्धान भैरहेको प्रहरीले बताएको छ ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस