२०७९ माघ १७, मंगलबार

“सामुदायीक विद्यालयहरुको अवस्था गुणस्तरीय बनाउँनुपर्छ” : अध्यक्ष चौधरी

जेठ ३१, २०७६  | ७०४ पटक पढिएको

– दिप्तीशखा चौधरी

३१ जेठ, दंगीशरण (दाङ) / दंगीशरण गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीले सामुदायीक विद्यालयहरुको अवस्था सुधारोन्मुख हुँदै गएको भन्दै यसलाई अझै गुणस्तरीय बनाउँनु पर्ने बताएका थिए । पहिलेको तुलनामा अहिलेको शिक्षा सन्तोषजनक भएको अध्यक्ष चौधरीले बताए ।

शिक्षाको क्षेत्रमा लगानी गर्न गाउँपालिकाले कुनै प्रकारको कन्जुस्याई नगर्ने भन्दै अध्यक्ष चौधरीले गाउँपालिकाको शिक्षा क्षेत्रलाई उकास्नका लागि सबैको साथ र सहयोगको आवश्यक रहेको बताए । शिक्षक नियमितताको अनुगमनका लागि विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघको २ दिने क्षमता विकास तालिम समापन कार्यक्रममा अध्यक्ष चौधरीले यस्तो बताएका हुन् । अध्यक्ष चौधरीले भने – “गाउँपालिकालाई शिक्षा संग जोडेर शिक्षीत बनाउँनु विद्यालय व्यवस्थापन समिती, अभिभावक, शिक्षक र अन्य निकायको महत्वपूर्ण भूमिका छ त्यसैले शिक्षा क्षेत्रलाई गुनासो रहित क्षेत्रका रुपमा परिचित गराउँनुपर्छ ।”

तालिममा शिक्षा यूवा तथा खेलकुद शाखाका प्रमूख विनोद अधिकारीले बिद्यालयको शैक्षिक गतिविधि, विद्यार्थीको शैक्षीक अवस्था, विद्यालयमा शिक्षकको उपस्थिती, विद्यार्थी संख्या सम्बन्धि वस्तुगत विवरण, विद्यालय अनुगमन लगाएतका विषयमा जानकारी गराएका थिए । कार्यक्रममा सहभागिहरुले विद्यालयमा दिवा खाजाको व्यवस्था, विषयगत शिक्षकको आवश्यक्ता, भौतिक वस्तुको व्यवस्थापन हुनुपर्ने जस्ता भनाई राखेका थिए ।

शिक्षा शाखा प्रमूख विनोद अधिकारीको अध्यक्षता एवं गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीको अध्यक्षतामा कार्यक्रम भएको हो । शिक्षा यूवा तथा खेलकुद शाखाको आयोजनामा भएको तालिममा गाउँपालिका भित्रका १५ वटा सामुदायीक विद्यालयका विद्यालय व्यवस्थापन समितीका अध्यक्ष, अभिभावक संघका अध्यक्ष, प्राधानाध्यापक, शिक्षकहरु गरी २० जनाको सहभागिता रहेको थियो । प्रारम्भिक कक्षा पढाई कार्यक्रम समुदाय परिचालन अधिकृत पारस चौधरीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको शहजीकरण शिक्षा शाखाका उप–प्रमूख अनिल के.सी.ले गरेका थिए ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस