२०७९ माघ २१, शनिबार

गौशालामा गाईसगैं रमाउँछन् मर्थरे

जेठ २९, २०७६  | ७१२ पटक पढिएको

– दिप्तीशिखा चौधरी
२९ जेठ, दंगीशरण / दंगीशरण गाउँपालिका वडा नं. ६ स्थित एक गौशालामा मर्थरे चौधरी गोवर सोहोरीरहेका थिए । आँखाले भ्याउँन नसकिने गाईहरुको मलमुत्र सोहोरन एकदमै गाह्रो छ उनलाई । तर पनि विदेशमा गएर मान्छेको दिसा पुछ्नु भन्दा यहि ठिक छ भन्दै उनी चित्त बुझाउँछन् ।

मर्थरे चौधरीकोे गाईगोरुसंग रमाउँदै दिन बिताउँन लागेको करिव एक वर्ष बित्यो । “पहिले यो जंगलमा बस्न गाह्रो हुन्थ्यो अब बानी परिसक्यो यती धेरै साथी छन्”– चौधरी भन्छन् । सामुदायीक वनको बिच भागमा गाईगोरुको टहरा र आफनो सानो टहरा उनको लागि थाई बसोबास जस्तै भएको छ । उनी कहिकतै घुम्न पाउँदैनन् । उनीहरुको रेखदेख देखि स्याहारसुसारमा रात दिन खटिन्छन् । उनी भन्छन्— “कहिले काहि त सपना पनि यीनै गाईगोरुकै देख्छु । राती झस्कन्छु छुटेर कतै गएकि ?” दशैँ तिहार जस्ता सबै जसो चाडपर्व त्यहि गौशालामा मनाउने गर्दछन् । गाउँपालिकाले खाने व्यवस्था गरेको छ हप्ता हप्तामा मासु खान्छौँ । काम अनुसार खान पाएकै छौँ, चौधरी भन्छन् ।

गौशालामा अहिले ५ जना कामदार रहेका छन् । चौधरी भन्छन् कामदारलाई घर बिदामा पठाएर चाडपर्व यहि गौँशालामा नै मनाउँछु । काम गर्न एकदमै गाह्रो भएकाले आफु लगायत कामदारको उचित मारिश्रमिक वृद्धि गरिदिन उनले वडा कार्यालयसँग माग गरे । यता वडाका अध्यक्ष टंक बहादुर वलीले खाना संगसँगै पहिले ५ हजार तलव दिदै आएको र अबका दिनमा बढाउने निर्णय भएसगैँ चैत्र महिना बाट तलवमा बृद्धि भएको बताए । अध्यक्ष वलीले भने — “गाउँपालिका बाट पारिश्रमीक त दिन्छ, नै तर तपाईहरु गाईगोरुको मलमुत्र बिक्री गरेर आएस्रोत बढाउन तर्फ लाग्नुस् र आफैँले उपभोग गर्नुस् ।” यता गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीले गौशालाका कामदारका लागि गाउँपालिकाबाट ५ लाख रुपैँया छुट्याएको बताए ।

 २०७५ चैत्र महिना देखि प्रती ब्यक्ति ८ हजारका दरले तलव खुवाउँने निर्णय भईसकेको बताए । पछिल्लो समय दिन प्रतिदिन गाई बढ्न थालेपछि गौशालामा गाई राख्नका लागि ठाउँ साघुँरो हुदैँ गएको गौँशालाका अध्यक्ष मर्थरे चौधरी बताउँछन् । अहिले सोहि गौशालामा ४ सय ९० गाईहरु छन् । दिनदिनै बढ्ने क्रम जारीरहेको भन्दै चौधरीले गौशालामा अव ५ वटा टहरा र पर्खालको आवश्यक रहेको भन्दै चौधरीले बर्खा सिजनमा टहरा नभएपछि समस्या हुने बताए ।

गौशालामा दैनिक १० वटा गाई आउँने गरेका छन् । गाईगोरुका लागि दैनिक ५ देखि ७ हजार सम्मको पराल खुवाईदै आएको उनले बताए । दंगीशरण गाउँपालिकामा छाडा पशुचौपाया बढ्न थालेपछि चिसापानी सामुदायीक वनमा गौशाला निर्माण गरि गत साल अशाढ देखि गाई राख्न शुरु गरिएको हो । गत वर्ष ५ लाख ७० हजारमा गौशाला निर्माण गरि छाडा पशुचौपायालाई ब्यवस्थापन गरिएको हो भने यो बर्ष गाउँपालिकाको १० लाखको लागतममा पशुचौपायालाई ब्यवस्थित गराईएको छ । गौशाला सामुदायीक वनको ४ बिघा क्षेत्रफलमा निर्माण गरिएको छ ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस