२०७९ माघ २४, मंगलबार

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत शान्तिनगरमा ९९ उनान्सय जनाले रोजगार पाउने

जेठ २८, २०७६  | ९३४ पटक पढिएको

– निराश पाण्डे
२८ जेठ, दाङ / प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत शान्तिनगरमा ९९ उनान्सय जनाले रोजगार पाउने भएका छ्न् । प्रधानमन्त्री रोजगार कार्यक्रम शान्तिनगरका संयोजक निम राज सापकोटाका अनुसार एक महिनाका लागि ९९ जना कामदारका लागी केन्द्र सरकारले २२ लाख रुपैंया समेत पठाई सकिएको जनाए ।

शान्तिनगरमा रोजगारका लागि ४२७५ जनाले फारम भरेका थिए । यता शान्तिनगर गाउँपालिका चिराघाटले सात वटै वडाहरुमा कामको बाँड फाँड समेत गरेको छ । जस अन्तर्गत वडा नम्बर एकमा खर्काकोट दरबारको सरसफाइ, वडा नम्बर दुइमा कच्ची नाली निर्माण र वडा कार्यालयमा सरसफाई तथा वृक्षारोपण त्यसै गरि वडा नम्बर तिनमा सुन्दरादेबि मन्दिरको बाटो मर्मत र बयाले क्याम्पसको पर्खाल निर्माण, वडा नम्बर चारमा खड्कपुर देखी चिराघाट सम्म नाला निर्माण र गैरिखेत खानेपानी मुहान सरसफाइ, वडा नम्बर पाँचमा धनौरी र रगैजा कासिपुर खानेपानी लाइन बिस्तार, वडा नम्बर छ मा नयाँ निर्माण हुन लागेको वडा कार्यालयको सरसफाई र वडा नम्बर सातमा वडा कार्यालयमा करेसाबारी निर्माण र राधाकृष्ण प्राविमा बगैंचा निर्माण गरिने जनाइएको छ।

फारम भरेका व्यक्तिहरुलार्इ शान्तिनगर गाउँपालिकाले यहि जेठ ३१ गते सम्म आफ्नो नाम दर्ता गराउन हुन समेत अनुरोध गरेको छ । एक महिना सम्म छनौट भएका रोजगारदाताले दैनिक पाँच सय सत्र रुपैंया पारिश्रमिक पाउने छ्न् । प्रत्येक वडामा १३ जनाले रोजगार पाउने छ्न् भने ८ जनालार्इ गाउँपालिका भित्र विभिन्न काममा काममा लगाउने जनाइएको छ ।

शान्तिनगरमा सबैभन्दा बढी वडा नम्बर एकमा ९२५ र सबैभन्दा कम वडा नम्बर दुर्इमा ३५३ जनाले रोजगारका लागी फारम भरेका छ्न् ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस