२०७९ माघ १३, शुक्रबार

कलाकार सङ्घमा खड्का

जेठ २६, २०७६  | ८१५ पटक पढिएको

२६ जेठ, काठमाडौँ / नेपाल चलचित्र कलाकार सङ्घको अध्यक्षमा रवीन्द्र खड्का विजय हुनुभएको छ । शनिबार सम्पन्न भएको निर्वाचनमा उहाँले २१८ मत प्राप्त गर्दै विजयी हुनुभएको हो । उहाँका प्रतिस्पर्धी सरिता लामिछानेले १६१ मत प्राप्त गर्नुभएको थियो । यस्तै उपाध्यक्षद्वयमा रजिता उप्रेती र सानुकुमार ताम्राकार, महासचिवमा चेतबहादुर सिंह, सचिवमा पनाह अधिकारी, सहकोषाध्यक्षमा पवित्रा आचार्य विजयी हुनुभएको छ ।

कोषाध्यक्षमा सुनिल कटवाल यसअघि नै निर्विरोध निर्वाचित भइसक्नुभएको थियो । सङ्घको १७औँ साधारणसभाले नयाँ नेतृत्व चयन गरेको हो । रासस

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस