२०७९ माघ १७, मंगलबार

अक्षय कुमारको ‘राउडी राठोर’ सिक्वेल बन्दै

जेठ २५, २०७६  | १०३४ पटक पढिएको

एजेन्सी / बलिउडमा केही वर्षयता सुपरहिट फिल्मको सिक्वेलको लहड चलेको छ । एकाधबाहेक भारतीय दर्शकले पनि ब्लकबस्टर फिल्मको सिक्वेल रुचाएका छन् । मेकर्स पनि नयाँ नाममा फिल्म बनाउनुभन्दा सुपरहिट फिल्मको सिक्वेल बनाउन कम जोखिमपूर्ण मान्दछन् । सिक्वेलको यस समयमा अभिनेता अक्षय कुमारको अर्को एक सुपरहिट फिल्मको पनि सिक्वेल बन्ने भएको छ ।

अक्षय कुमार र सोनाक्षी सिन्हाको जबरदस्त एक्सन(कमेडी(रोमान्टिक जनराको फिल्म ‘राउडी राठोर’ को दोस्रो पार्ट निर्माण गर्ने तयारीमा निर्माता जुटेका छन् । यस फिल्मको सिक्वेललाई लिएर अक्षयले पटक–पटक इच्छा व्यक्त गरेका थिए । सन् २०१२ मा प्रदर्शनमा आएको फिल्मको सिक्वेलका लागि केही समयदेखि निर्माण टिम स्क्रिप्टमा वर्कआउट गरिरहेको भारतीय मिडियाले बताएका छन् ।

प्रभुदेवाले यो फिल्मको निर्देशन गरेका थिए । सिक्वेल पनि उनले नै निर्देशन गर्नसक्ने प्रवल सम्भावना छ । यद्यपि, यस विषयमा निर्माण टिमले कुनै औपचारिक जानकारी दिएको छैन । फिल्ममा अक्षय कुमार नै लिड रोलमा हुनेछन् । सोनाक्षीको ठाउँ भने अरुले लिनसक्ने भारतीय मिडियाको अनुमान छ । अर्को वर्षबाट फिल्मको छायांकन सुरु गर्ने तयारी भइरहेको छ ।

‘राउडी राठोर’ मा अक्षयको दोहोरो भूमिका थियो । जसमा एक भूमिका पुलिस अफिसर र अर्को ठगको थियो । सिक्वेलमा पनि उनले दोहोरो भूमिका निभाउन सक्ने सम्भावना छ । अहिले उनी बलिउडका सफल निर्देशक रोहित शेट्टीको फिल्म ‘सूर्यवंशी’ को छायांकनमा व्यस्त छन् । यसमा उनले एक पुलिस अफिसरको भूमिका निभाएका छन् । फिल्म २०२० को इदमा रिलिज हुँदैछ । s. filmykhabar.com

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस