२०७९ माघ १३, शुक्रबार

“प्रेस कमजोर पार्ने पक्षमा छैनौ” : मन्त्री बास्कोटा

जेठ २४, २०७६  | ४४७ पटक पढिएको

२४ जेठ, दाङ / सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले सूचना प्रविधि विधेयकमा छलफल गर्न तयार रहेको बताउनुभएको छ । शुक्रबार घोराहीमा नेपाल पत्रकार महासंघ दाङले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री बास्कोटाले विधेयकमा भएको जरिवाना सम्बन्धी बुँदाका बारेमा सम्बन्धित पक्षसँग छलफल गर्न तयार रहेको बताउनुभएको छ ।

विधेयक सञ्चार माध्यमलाई नियन्त्रण गर्न नभई नियमन गर्नका लागि ल्याइएको मन्त्री बास्कोटाले बताउनुभयो । समाजमा असाध्यै अराजकतातर्फ लैजानेका विरुद्वमा विधेयक ल्याउन थालेको बताउनुभयो । वर्तमान सरकारले प्रेसलाई कमजोर बनाउन नभई आर्थिकरुपले सबल र सक्षम बनाउने दिशातर्फ अघि बढेको बताउनुभयो । सरकारले प्रेसलाई संरक्षणवादीभन्दा प्रतिस्पर्धात्मक बनाउनेतर्फ अघि बढेको बताउनुभयो । प्रेसलाई सम्मानित, विश्वसनीय र नागरिकप्रति उत्तरदायी बनाउनतर्फ सरकार अग्रसर रहेको बताउनुभएको थियो । सरकारले सञ्चार सेवा नपुगेका गाउँपालिकामा यसै वर्षभित्र पुर्याउने बताउनुभएको थियो । सात वटै प्रदेशमा सञ्चार ग्राम स्थापना गरिने बताउनुभएको थियो ।

सरकारले आर्थिक वर्ष २०७६/७७को बजेटमा पूर्वाधार निर्माणको वर्षका रुपमा बजेट विनियोजन गरिएको बताउनुभएको थियो । रेल्वे, सडक, विद्युत उत्पादनशील क्षेत्रमा लगानी गरेर पेट्रोलियम पदार्थको आयात कम गरी राष्ट्रिय बचत वृद्वि गरिने बताउनुभएको थियो । साथै अबको आर्थिक वृद्वि दर ८.५ भन्दा बढि रहने बताउनुभएको थियो । नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष सविन प्रियासनको अध्यक्षतामा सम्पन्न भएको पत्रकार सम्मेलनमा मन्त्री बास्कोटाले तीन सय पचास किलोमिटर हुलाकी सडक कालोपत्र गर्नुका साथै २७ वटा नयाँ शहर निर्माण गर्ने योजना रहेको बताउनुभएको थियो । कार्यक्रमको सञ्चालन दाङ शाखा सहसचिव गोकर्ण पौडेलले गर्नुभएको थियो ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस