२०७९ माघ २१, शनिबार

महिलाहरुद्वारा च्याउ खेतीबाट दुई लाखको आम्दानी

जेठ २३, २०७६  | ३४५ पटक पढिएको

 

– बिमल योगी
२३ जेठ, दाङ / घोराही उप महानगरपालिका वडा नम्वर १६ मघैका महिलाहरुले यस वर्ष च्याउ खेतीबाट दुई लाख बढिको आम्दानी गरेका छन् । दुई वटा कृषी समुह गठन गरेर सामुहिक कृषी कार्यमा लागे उनिहरुले यस सिजनबाट च्याउ बिक्रीबाट मात्र दुई लाख बढि आम्दानी गर्न सफल भएका हुन ।

प्रधानमन्त्रि कृषी आधुनिकिकरण परियोजनाको सहयोगमा उनिहरुले यति आम्दानी गर्न सफल भएको कोपिला कृषक समुहका अध्यक्ष कैलाशी चौधरीले जानकारी दिइन् । ६ वटा च्याउ घर निर्माण गरी गरिएको च्याउ खेती अन्तरगत करिव सात सय किलो च्याउ बिक्री गरिएको उनले बताइन् ।

स्थानीय ५० बढि महिलाहरुको सहभागितामा गरिएको च्याउ खेतीका लागि परियोजनाले चार लाख रुपैया र दुई वटा समुहले चार लाख लगानी गरेका छन् । विगत ३ वर्षदेखी निरन्तर रुपमा गरिदै आएको च्याउ खेतीबाट समुहका सदस्यको जिवन स्तर सुधार गर्न सहयोग पूर्याउनुका साथै खेर गएको समय समेत सदुपयोग भएको ज्योती कृषक समुहका सहसचिव जुगमानी चौधरी जानकारी दिइन् ।

च्याउ खेतीको अलवा समुहले मसुरो र लसुन प्याज खेती समेत गरेका छन् । जसबाट लाखौको आम्दानी भएको उनको भनाई रहेको छ । यसैविच कोपिला र ज्योती कृषी समुहले गरेको च्याउ खेतीको बारेमा सार्वजनिक सुनुवाई समेत गरिएको छ । कोपिला कृषक समुहका अध्यक्ष कैलाशी चौधरीको अध्यक्षता तथा जिल्ला कृषी ज्ञान केन्द्रका कृषी प्रसार अधिकृत भरतमणी पोख्रेलको प्रमुख आतिथ्यमा सार्वजनिक सुनुवाई कार्यक्रम भएको हो ।

सो कार्यक्रममा बोल्ने सहभागीहरुले प्रधानमन्त्रि कृषी आधुनिकिकरण परियोजनाले विपन्न किसानहरुको आयस्तर वृद्धि गर्न सहयोग पूर्याएको बताएका छन ।

कार्यक्रममा सेवा निवृत्त बागबानी बिज्ञ सिताराम चौधरी,स्वर्गद्वारी कृषी बाटिकाका पदम भण्डारी, पत्रकार बिमल योगी लगायतले बोलेका थिए । कार्यक्रमको सहजीकरण सुविता चौधरीले गरेकी थिइन् ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस