२०७९ माघ १३, शुक्रबार

अन्तर विद्यालय स्तरिय फुटसलको तयारी पूरा

जेठ २३, २०७६  | ११३८ पटक पढिएको

– लक्ष्मण बस्नेत
२३ जेठ, दाङ / दाङको तुलसीपुरमा शुक्रबार देखि सुरु हुने अन्तर विद्यालय स्तरिय फुटसल प्रतियोगिताको तयारी पूरा भएको छ ।
तुलसीपुर युथ क्लबको आयोजनामा अरनिको खेल मैदानमा सञ्चालन हुने प्रतियोगिताको खेलमैदान तयार, खेल तालिका प्रकाशित लगायतको अन्तिम तयारी पूरा भएको आयोजकले जनाएको छ ।

विद्यालय स्तरमा फुटसल खेलकुदको पहुँच अभिवृद्धि गर्ने र नव प्रतिभाहरुलाई फुटसल खेलमा स्थापित गर्ने उदेश्यका साथ आयोजना गरिएको प्रतियोगिताको उद्घाटन बिहान सात बजे हुनेछ । उद्घाटन खेलमा शारदा सिस्ने बोर्डिङ स्कुल र मावि सेन्टर तुलसीपुर भिड्नेछन् । खेल बिहान ८ बजे देखि सुरु हुनेछ ।

प्रतियोगितामा तुलसीपुर नगर क्षेत्रका निजि तथा सामुदायिक विद्यालय गरि २० टिमको सहभागिता रहेको क्लबका अध्यक्ष बरुण कुमार श्रेष्ठले जानकारी दिएका छन् । दुई दिन सम्म चल्ने प्रतियोगिताको बिजेताले नगद १५ हजार ट्रफी मेडल, प्रमाणपत्र तथा उपविजेताले नगद १० हजार ट्रफी, मेडल तथा प्रमाणपत्र हात पार्नेछन् ।

त्यस्तै सोही अवसरमा उत्कृष्ट खेल प्रदर्शन गर्दै म्यान अफ द म्याच हुने खेलाडिलाई जर्सी प्रदान गरिने छ । यसैबिच आयोजक क्लबका अध्यक्ष वरुण कुमार श्रेष्ठ र कोषाध्यक्ष दुर्गा राजलवटले प्रतियोगिताको उद्घाटन समारोहमा उपस्थितिका लागि खेलप्रेमी, खेलाडी, पत्रकार लगायत सबैमा अनुरोध गरेका छन् ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस