२०७९ माघ १७, मंगलबार

“देशैभर आधारभूत पानीको सुनिश्चितता” – खानेपानी मन्त्री

जेठ २३, २०७६  | ७९८ पटक पढिएको

– गोकर्ण पौडेल
२३ जेठ, तुलसीपुर / खानेपानी मन्त्री बिना मगरले देशैभर आधारभूत खानेपानीको सुनिश्चिता गरिने बताएकी छिन् । संविधानमा खानेपानी, शिक्षा, स्वास्थ्यलाई मौलिक हकका रुपमा ग्यारेन्टी गरिएकाले अब सरकारले आधारभूत खानेपानीको सुनिश्चितताका साथै प्रशोधित पानी वितरण गरिने बताएकी छिन् ।

बिहिवार तुलसीपुरमा दाङ जिल्ला खानेपानी सञ्जाल दाङले आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा बोल्दै मन्त्री मगरले खानेपानी आयोजनाका दृष्टिकोणले दाङलाई महत्वपूर्ण जिल्लाकारुपमा प्राथमिकतामा राखेको बताइन् । जिल्लामा बबई लिफ्ट, पातुखोला हाइड्याम ,ग्वार खोला हाइड्यामका लागि ठुला आयोजना भएकाले लगानी भित्र्याउने तयारी गरिरहेको बताइन् । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका मन्त्री मगरले जिल्लामा खानेपानी आयोजनाका संन्दर्भमा स्थानीय तह निकै सक्रियतापूर्वक लागेकाले अब संघीय, प्रदेश र स्थानीय सरकार समन्वय, सहकार्य गरेर खानेपानी आयोजना अघि बढाइने बताइन् ।

खानेपानीका बारेमा व्यवस्थित योजना नहुँदा कार्यान्वयनमा समस्या रहेको मन्त्री बिना मगरको ठम्याइ रहेको छ । सरकारले खानेपानी उपभोक्ता समितिलाई अभिन्न अङ्गका रुपमा राखेको बताइन् । कार्यक्रममा प्रदेश सभासद अमर डाँगीले दाङमा पानीको मुहान संरक्षण गर्ने समस्या रहेको बताएका थिए । महाभारतका चुन ढुङ्गा सिमेन्ट उद्योगका लागि अव्यवस्थितरुपमा उत्खखन गरिएकाले तत्काल अनुमगन गर्नुपर्ने बताए । दाङमा पानीका स्रोत बचाउनका लागि पोखरी, उत्तरतर्फका खोलामा हाइडयाम बनाउने दीर्घकालीन योजना बनाउन आग्रह गरेका थिए ।

कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकामा प्रमुख घनश्याम पाण्डेले दाङ वृहत दाङ खानेपानी आयोजना तयार गर्न आग्रह गरे । कामलाई पारदर्शिता बनाउनु, प्रविधिमैत्री बनाउन आग्रह गरेका थिए । कार्यक्रममा बोल्दै पाण्डेल स्थानीय सरकारको तर्फबाट बबई लिफ्ट, ड्याम बनाएर खानेपानी योजनाका लागि सहकार्य गर्न तयार रहेको बताए । कार्यक्रम खानेपानी सञ्जालका अध्यक्ष खेमराज वलीको अध्यक्षतामा सम्पन्न भएको थियो भने सचिव प्रदीप गौतमले सहजीकरण गरेका थिए ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस