२०७९ माघ १३, शुक्रबार

वातावरण दिवसमा वृक्षरोपण

जेठ २२, २०७६  | १३८१ पटक पढिएको

२२ जेठ दाङ / विश्व वातारण दिवसको अवसर पारेर दाङको दुधरास स्थित सोनापुर सिमेन्टले एक कार्यक्रमको आयोजना गरि विभिन्न जातका बिरुवा रोपेर मनाएको छ ।

सोनापुर मिनिरल्स एण्ड आयल प्रालिका महाप्रबन्धक हरि पाठकको अध्यक्षता एवम् तुल्सीपुर उपमहानगर पालिका वडा नं. १८ का वडाध्यक्ष माधव वलीको प्रमुख आथित्यमा सोनापुर सिमेन्ट प्रालिको परिसरमा निम, कपुर आप, मसला वेल लगायतका करिब एक सय भन्दा बढि बिरुवा रोपिएको छ ।

कार्यक्रममा महाप्रबन्धक पाठकले वडा कार्यालयलाई वडा क्षेत्रमा एक हजार बढि विरुवा रोप्नका लागि ठाउँ दिन आग्रह गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि वलीले वातावरण संरक्षणको मुद्दा विश्वव्यापी मुद्दा भएकाले सबै आ आफ्नो स्थानबाट लाग्नुपर्ने बताएका थिए । अन्य मूलुकमा चुनावी एजेण्डा नै वातावरण सम्बन्धि हुने भएकाले अबको मुद्दा पनि वातावरण संरक्षण हुनुपर्ने बताएका थिए ।

कार्यक्रममा रेडियो नेपाल पाँच नम्बर प्रदेशका संयोजक गोकर्ण रेग्मी, वडा सदस्य धनबहादुर बस्नेत, सोनापुर सिमेन्ट प्रालिका वातावरण अधिकृत हेमन्तराज थमेल, वामदेव रेग्मी लगायतकाले मन्तव्य राखेका थिए ।

यसैबिच लिटिल फ्लावर माविले बिजौरी बजार क्षेत्रभरी प्लेकार्ड सहित मनाएको छ । स्वस्छ वायु स्वच्छ जीवन भन्ने मुल नाराका साथ मनाइएको विद्यालयका प्रधानाध्यापक विश्वमणि देवकोटाले जानकारी दिएका छन् ।

Pictures:

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस