२०७९ माघ १३, शुक्रबार

कर्णालीमा आँखा स्वास्थ्य सेवा सञ्चालनका लागि अवधारण पत्र पेश

जेठ २२, २०७६  | ११५२ पटक पढिएको

२२ जेठ, तुलसीपुर / कर्णाली प्रदेशमा आँखा स्वास्थ्य सेवा सञ्चालन कार्य योजना अवधारण पत्र पेश गरिएको छ । नेपाल नेत्रज्योति संघ दाङ आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्ज तुलसीपुरले प्रदेशका मुख्य मन्त्रीको कार्यालय, सामाजिक विकास मन्त्रलाय, र आर्थिक मामिला योजना मन्त्रालयमा मंगलवार अवधारणपत्र पेश गरिएको संघका सभापति तथा कर्णाली प्रदेशका संयोजक कृष्णकुमार गिरीले जानकारी दिएका छन् ।

अवधारणा पत्रमा मुख्य प्राथमिक कार्य योजना अन्तर्गत कर्णाली प्रदेशका १० जिल्लाहरुमा निःशुल्क आँखा शिविर सञ्चालन गर्ने, प्राथामिक आँखा उपचार केन्द्रलाई सर्जिकल सेन्टरको रुपमा विकास गर्ने, दोस्रो तहको अस्पतालको स्थापना गर्ने रहेको छ ।

त्यसैगरी आर्थिक वर्ष २०७६/७७ देखि २०८१ भित्र भौतिक पूर्वाधारको विकास गरि सर्जिकल केन्द्रको रुपमा विकास गर्ने, आर्थिक वर्ष २०७७ देखि ७९ भित्र भौतिक पूर्वाधारको विकास गरी जुम्लाको आँखा उपचार केन्द्रलाई आँखा अस्पतालको रुपमा विकास गर्ने लक्ष्य राखिएको गिरीले बताए ।

जसका लागि प्रति मोतिविन्दुको १० हजारको दरले दुई हजारको निःशुल्क आँखा शिविर मार्फत शल्यक्रियाको लागि दुईकरोड, आँखा उपचार केन्द्रलाई सर्जिकल केन्द्रको रुपमा विकास गर्न उपकरण तथा शल्यक्रिया कक्ष व्यवस्थापन गर्न आगामी आर्थिक वर्षमा ५० लाद र जुम्मलामा आँखा अस्पतालको ओपीडि भवन निर्माणको लागि आर्थिक वर्ष २०७७/७८ मा तिन करोड र २०७८/७९ मा तिन करोड करम समेत प्रदेश सरकारसँग भाग गरिएको छ । कर्णाली प्रदेशका संयोजक कृष्णकुमार गिरी, नेपाल नेत्रज्योति संघ दाङका सचिव सुरेन्द्रबहादुर खड्का सहितको टोलीले प्रदेशमा पुगेर सो अवधारण पत्र मन्त्रालयहरुमा बुझाएको हो ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस