राप्तीमा वृक्षरोपण गरि ४५ औं विश्व वातावरण दिवस २०७६ को सुरुवात


– तिर्थराज ज्ञवाली
२२ जेष्ठ, मसुरीया (देउखुरी दाङ) / राप्ती गाउँपालिकाको प्राङ्गणमा वृक्षरोपण गरि ४५ औं विश्व वातावरण दिवस २०७६ को सुरुवात गरिएको छ ।

राप्ती गाउँपालिका क्षेत्रलाई हरियाली कायम गर्दै वातावरणको संरक्षण तथा वनको अवस्था कायम राख्ने अभियान अन्तर्गत बुधवार राप्ती गाउँपालिका गाउँकार्यपालिकाको प्राङ्गणमा सरोकारवालाहरुद्वारा वृक्षरोपण गरिएको हो ।
नर्ती सामुदायीक वन समन्वय समितिकी कोषाध्यक्ष पुष्पा पाण्डेको अध्यक्षता, राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदिको प्रमुख आतिथ्यता, उपाध्यक्ष जगदम्वा कुमारी चौधरी, डिभिजन प्रमुख शंकर प्रसाद गुप्ताको विशिष्ट आतिथ्यता, तथा राप्ती गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत राम प्रसाद शर्मा, वडा अध्यक्षहरु, जनप्रतिनिधि, सुरक्षा निकाय, उद्योग वाणिज्य संघ, नागरिक, वन वातावरण प्रेमीहरुको सहभागीतामा एका विहानै वृक्षरोपण गरि ४५ औ विश्व वातावरण दिवस २०७६ का राप्ती गाउँपालिका स्तरिय विभिन्न कार्यक्रमहरुको सुरुवात गरिएको हो ।

४५ औ विश्व वातावरण दिवस २०७६ को उपलक्ष्यमा राप्ती गाउँपालिका स्तरमा सामुदायीक वन समुहहरुको अन्तरक्रिया, वृक्षरोपण, छलफल जस्ता विभिन्न कार्यक्रमहरु सञ्चालन गरिने राप्ती सामुदायीक वन महासंघका अध्यक्ष हरि भुसालले जानकारी दिएका छन् ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस