२०७९ माघ २६, बिहीबार

यूवा खेलाडिहरुलाई खेलकुद सामग्री बितरण

फागुन १४, २०७५  | १४८१ पटक पढिएको

दिप्तीशिखा चौधरी,
दङ्गिशरण १४
दङ्गिशरण गाउँपालिका वडा न. ४ का यूवा खेलाडीहरुलाई मंगलबार खेलकुद सामग्री बितरण गरिएको छ । दङ्गिशरण गाउँपालिका वडा न. ४ को आयोजना तथा शिक्षा, यूवा तथा खेलकुद शाखाको संयोजनमा खेलकुद सामग्री बितरण गरिएको हो ।

सामग्री बितरण कार्यक्रम अन्र्तगत मौलीका यूवा खेलाडिलाई भलिवल ३ थान, भलीबल नेट १ थान, फुटबल नेट १ जोडि, फुटबल ३ थान, फुटबल ड्रेस १५÷१५ थान, पम्प २ थान बितरण गरिएको हो । झन्डा ६ वटा, सिटी ४ वटा बितरण गरिएको हो । यसैगरि टोल अन्र्तगत सरीया,सुकदेवा,बैबाङ्ग गनार र बैबाङ्ग डवराका खेलाडि यूवाहरुलाई भलीबल १ थान, फुटबल ३ थान, भलीबल नेट १ थान,फुटबल नेट १ थान,पम्प २ थान बितरण गरिएको थियो । खेलाडि यूवाहरुलाई वडा न.४ का वडा अध्यक्ष नेव बहादुर कवँरले प्रदान गरेका थिए । सामग्री बितरण पछि कार्यक्रममा बोल्दै वडा अध्यक्ष कवँरले यूवा वर्गका लागि खेलकुद क्षेत्र अपरहिार्य रहेको बताउँदै खेलकुद क्षेत्रमा यूवाहरु मानसिक , सामाजिक रुपमा दक्ष हुनुपर्ने बताएका थिए । उनले अवका दिनमा दङ्गिशरण भित्रका यूवाहरु खेलप्रती अझै जागरुक भई योग्य खेलाडिको रुपमा स्थापित हुनुपर्ने बताएका हुन् । सो अवसरमा शिक्षा शाखा उप प्रमूख अनिल के.सीले यूवाहरुलाई खेल प्रती अग्रसर गराउँने उद्धेश्यले पालिकाले यस्तो खालको कार्यक्रम ल्याएको बताएका थिए । आगामी बर्षहरुमा अझै पनि यूवा सम्बन्धि नयाँ खालका कार्यक्रम आयोजना गर्ने जनाएका हुन् । पालिका भित्रका यूवाहरु आगामि दिनमा अझै पनि उत्साहपूर्वक खेलकुदमा भाग लिने खालका यूवाहरु उत्पादन हुने अपेक्षा लिएको बताएका थिए । कार्यक्रममा बोल्दै बिधार्थी यूवा खेलाडि कैलाशपती चौधरी र राजन घर्ती मगरले वडा ले खेलाडि यूवाहरुको समस्यालाई मध्यनजर गरि खेल सामग्री बितरण गरेको भन्दै खुसी ब्यक्त गरेका थिए । उनीहरुले अवका दिनमा गाउँपालिकाले यूवा सम्बन्धि कार्यक्रम अझै धेरै ल्याउँनुपर्ने माग गरेका थिए । कार्यक्रममा वडा नं ४ का सदस्य सुभद्री चौधरी,बिमला नेपाली, बिरेन्द्र माध्यमिक बिद्यालयका प्रधानाध्यापक खिमराज खनाल लगाएतकाले आ—आफनो धारणा राखेका थिए ।

वडा अध्यक्ष नेवबहादुर कवँरको अध्यक्षता एंव शिक्षा शाखा उप प्रमूख अनील के.सी. को प्रमुख आतिथ्यतामा खेलकुद सामग्री बितरण कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको सहजीकरण शिक्षक केशवराज डाङ्गीले गरेका थिए ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस