२०७९ माघ १३, शुक्रबार

दंगीशरणमा बुधबार देखि राष्ट्रपती रनीङ्ग शिल्ड प्रतियोगिता

जेठ २१, २०७६  | १६३९ पटक पढिएको

–दिप्तीशिखा चौधरी
२१ जेठ, दंगीशरण / दंगीशरण गाउँपालिकामा बुधबार देखि विद्यालय स्तरीय राष्ट्रपती रनीङ्ग शिल्ड प्रतियोगिता सुरु हुने भएको छ । दाङका १० स्थानीय तह मध्ये सबै भन्दा पहिले दंगीशरण गाउँपालिकाबाट उक्त प्रतियोगीता आरम्भ हुन लागेको हो ।

प्रतियोगितामा पूरुष भलिवल, महिला भलिवल, कबड्डी र एथ्लेटिक्स अन्र्तगत १३ ईभेन्ट हुने भएको छ । प्रतियोगितामा गाउँपालिका अन्र्तगतका ४ वटा सामुदायीक र २ वटा संस्थागत गरि जम्मा ६ वटा विद्यालयका खेलाडी छात्र र छात्राहरुले सहभागिता जनाउने छन् ।

प्रतियोगिताको औपचारिक उद्घाटन प्रदेश सभा सांसद धमकली चौधरी र गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीले संयूक्त रुपमा रिवन काटेर उद्घाटन गर्नुहुनेछ । बुधरबार देखि शुरु राष्ट्रपती रनीङ्ग शिल्ड प्रतियोगिता २४ गते सम्म चल्नेछ ।

दंगीशरण गाउँपालिकाको शिक्षा तथा खेलकुद शाखाको आयोजनामा हुन लागेको प्रतियोगिता बिरेन्द्र मा. वि. हेकुलीको प्राङ्गनमा हुने शिक्षा शाखाका उप— प्रमुख अनिल के.सी.ले जानकारी दिएका छन् । रनीङ्ग शिल्ड प्रतियोगिता बुधबार बिहान ७ बजे देखि शुरु हुनेछ । प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको समेत आयोजकले जनाएको छ ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस