२०७९ माघ १३, शुक्रबार

विश्वविद्यालयका लागि एकसय विघाह जग्गा दिन उपमहानगर तयार

जेठ २१, २०७६  | ९७४ पटक पढिएको

– साक्षी खबर
२१ जेठ, तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाले प्रदेश विश्वविद्यालय स्थापनाका लागि एकसय विघाह जग्गा उपलब्ध गराउने बताएको छ । प्रदेश विश्वविद्यालय स्थापनाका लागि सम्भाव्यता अध्यन तथा सुझाव संकनकालागि आयोजित बृहत छलफलमा तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख घनश्याम पाण्डेले विश्वविद्यालय सञ्चालनका लागि जग्गा उपलब्ध गराउनेदेखि त्यहाँसम्म पुग्ने बाटो, बिजुली, खानेपानी र टेलिफोनको व्यवस्था उपमहानगरपालिकाले गरिदिने प्रतिबद्धता व्यक्त गरे । नामको सन्दर्भमा दाङ उपत्यका विश्वविद्यालय तथा तुलसीपुर विश्व विद्यालयको नाम उपयुक्त भएको बताए ।

सो अवसरमा नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रदेश कमिटी सचिव जगप्रसाद शर्मा अपारले भौगोलिक, सामरिक दृष्टिकोणले दाङ उपयुक्त स्थान भएकाले तुलसीपुर क्षेत्रमा नै प्रदेश स्तरीय विश्वविद्यालय स्थापना गर्नुपर्ने पर्ने सुझाव दिए ।

सो अवसरमा श्रमलाई विकास गर्ने संस्कारको विकास गर्नुपर्ने, शिक्षालाई व्यवहारमा जोड्नेगरी पाठ्यक्रम लागु गर्नुपर्ने, सिपको विकासका लागि परीक्षामा लिखित भन्दा पनि प्रयोगगात्मक कुरालाई बढी महत्व दिनुपर्ने, शिक्षामा आरक्षण कोटा हटाइनुपर्ने, उत्पादन र बजार हेर्नुपर्ने, वन विज्ञान तथा इन्जिेनेरीङ जस्ता उपयोगी शिक्षाको पढाई संचालन गर्नुपने सुझाव छलफलका सहभागिले दिएका थिए । प्राध्यापक ईश्वर गौतमले प्रदेशको उच्च शिक्षिा नीति, विश्व विद्यालयको प्रकृति, पाठ्यक्रम निर्धारण प्रकिया, विश्वविद्यालयको नामकाकरण विद्यार्थी छनौट तथा छात्रवृत्ति नीति लगायतका २३ बुँदामा राजनीतिक दल, प्राध्यापक, शिक्षक र सरोकारवाला निकायका प्रतिनीधिसँग सुझाव माग्नु भएको थियो ।

सुझाव संकलन टोलीले विभिन्न जिल्लाबाट आएका सुझावलाई एक हप्ताभित्र एकितृत गरेर पुनः आवश्यक परामर्श तथा सुझावका लागि सरोकारवाला निकायमा जाने बताएको छ ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस