२०७९ माघ १३, शुक्रबार

राप्ती आँखा अस्पतालद्वारा पहाडि जिल्लाहरुमा निःशुल्क शल्यक्रिया

जेठ २१, २०७६  | ६५८ पटक पढिएको

एक हप्तामा पन्ध्र सयको आँखा चेकजाँच

– साक्षी खबर
२१ जेठ, तुलसीपुर / राप्ती आँखा अस्पताल रक्षाचौर तुलसीपुरले पछिल्लो समय पहाडि जिल्लाहरुमा आँखाका बिरामिहरुलाई सेवा दिन अभियाननै सञ्चालन गरेर अगाडि बढेको छ ।

अस्पतालले स्थानीय तहहरुसङगको सहकार्यमा स्वास्थको पहुच पुग्न नसकेका पहाडी जिल्लाका विकट क्षेत्रमा पुगेर निःशुल्क सल्यक्रिया गर्ने अभियान सञ्चालन गरेको नेत्ररोग विशेषज्ञ डाक्टर सुरेश रसाइलीले जानकारी दिएका छन् ।

उनले भने “जसको पहुँचमा स्वास्थय सेवा छैन उनिहरुको घर सम्म पुगेर राप्ती आँखा अस्पतालले निःशुल्क आँखा जाँच र शल्यक्रिया गरिदिन्छ” ।

पछिल्लो एक हप्तामा सल्यानको छत्रेश्वरी, कपुरकोट र दाङको स्युजामा निःशुल्क स्वास्थ शिविरको आयोजना गरि झण्डै दुई सय जनाको शल्यक्रिया गरिएको नेत्रज्योति सङ्घ दाङका सभापति कृष्ण कुमार गिरिले जानकारी दिएका छन् । हामीले पहाडी जिल्लाहरूमा पहिलोपटक सेवा पुर्याउदा स्थानीयहरुको उल्लेख्य सहभागिता देख्ने गरेका छौं । जसले गर्दा अझबढि जोस र सेवा नै धर्म हो भन्ने भाव भित्रि आत्मादेखि पैदा हुने गर्दछ सभापति गिरिले, भने ।

एकहप्ताको अवधिमा सञ्चालन भएका तिनवटा सल्यक्रिया सहितको शिविरमा करिव पन्ध्र सय आँखाका बिरामीहरुको निःशुल्क रुपमा चेकजाँच गरिएको नेत्र सहायक सालिकराम गौतमले जानकारी दिए ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस