२०७९ माघ १३, शुक्रबार

स्वर्गीय पोख्रेलको सम्झनामा श्रद्धाञ्जली सभा

जेठ २१, २०७६  | ११४९ पटक पढिएको

२१ जेठ, तुलसीपुर / नेपाल शिक्षक संघ दाङका संस्थापक सदस्य एवं नेपाली काँग्रेसका क्रियाशिल सदस्य विश्वराज पोख्रेलको १३ औँ दिनको पुण्य तिथिको अवसरमा श्रद्धाञ्जली सभा सम्पन्न गरिएको छ ।

नेपाली काँग्रेस साविक बिजौरी गाविसको आयोजनामा मंगलवार तुलसीपुर १८ बिजौरी स्थित स्वर्गीय पोख्रेलको निवासमा श्रद्धाञ्जली सभा गरिएको हो । नेपाली काँग्रेस साविक बिजौरीका इकाइ सभापति हिमबहादुर डाँगीको अध्यक्षता तथा नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि भरतबहादुर न्यौपानेको प्रमुख आतिथ्यता एवं नेपाली काँग्रेस दाङका जिल्ला सदस्य श्यामकुमार रेग्मीको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि न्यौपानेले पार्टीले एउटा कुशलसंगठक, शालिन, समाजसेवी, शिक्षाप्रेमी व्यक्ति गुमाउँदा समाज, पार्टीपक्ति र घरपरिवार स्तब्ध भएको बताए । उन भने– ‘स्वर्गीय पोख्रेलले देखाएको बाटोमा परिवार, समाज र पार्टी हिड्न सके मात्र उहाँ प्रति सच्चा श्रद्धाञ्जली अर्पण हुनेछ’ ।

यसैगरि कार्यक्रममा बोल्दै विशिष्ट अतिथि श्यामकुमार रेग्मीले स्वर्गीय पोख्रेलले समाज र पार्टीप्रति गरेको योगदान कहिले भुल्न नसकिने बताए ।

सो अवसरमा नेपाल विद्यार्थी संघ दाङका सचिव ऋषिश्वर न्यौपाने, विद्यार्थी नेता विदुरराज गौतम, सुदयरामेश्वर शिवालयका अध्यक्ष एवं समाजसेवी श्रीधर मज्गैया, प्रादेशिक आयुर्वेद चिकित्सालय बिजौरीका पुर्व अध्यक्ष भैरव मज्गैया, साक्षी खबर पत्रिकाका प्रधानसम्पादक सुनिलकुमार पोख्रेल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा धन्यावाद ज्ञापन शंकर दिवस मज्गैयाले गरेका थिए, भने सहजीकरण इकाई सचिव रविराज गौतमले गरेका थिए । वि.सं. २०१२ माघ ०१ गते बुबा तिर्थराज उपाध्याय र आमा इश्वरादेवी उपाध्यायको कोखबाट जन्म लिएका स्वर्गीय पोख्रेल नेपाली काँग्रेसको राजनीतिमा लामो समयदेखि सक्रिय थिए, भने शिक्षा क्षेत्रमा १ दशक बढी समय बिताएका थिए । साथै उनी विभिन्न सामाजिक सघंसस्थामा आबद्ध समेत थिए ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस