२०७९ माघ १७, मंगलबार

इन्डोनेसियामा भूकम्प

जेठ २०, २०७६  | ९९२ पटक पढिएको

२० जेठ, खार्तुम / इन्डोनेसियिाको पश्चिमी प्रान्त सुमात्रामा सोमबार ६.० म्यानिच्युडको भूकम्प गएको छ । यहाँको मौसम तथा भू गर्भ विभागका अधिकारीहरुले सो जानकारी दिएका छन् ।

यस भूकम्पपछि सुनामीको भने कुनै सुचना नदिएको सो विभागले जनाएको छ । स्थानीय समयानुसार सोमबार अपराह्न १२ः५७ मा भूकम्प आएको थियो ।

सो भूकम्पको केन्द्रविन्दु निआज सुलातानबाट ३० किलोमिटर दक्षिणपश्चिममा समूद्र सतहबाट ३० किलोमिटर गहिराईमा रहेको जनाइएको छ ।

यस भूकम्पछि धनजनको क्षतिको कुनै समाचार प्राप्त नभएको बताइएको छ । इन्डोनेरियामा बारम्बार भूकम्प र ज्वालामूखि जस्ता प्रकोपले सताउने गरेको पाइन्छ । रासस/एएफपी

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस