२०७९ माघ १३, शुक्रबार

गाउँपालिकाः ‘आगामि २०७६/०७७ को बजेटमा अपाङ्गहरुको लागि छलफल’

जेठ १९, २०७६  | ७७० पटक पढिएको

१९ जेठ, शान्तिनगर / आगामी २०७६/७७ को बजेटमा अपाङ्गहरुका लागि के कस्ता कार्यक्रमहरु तर्जुमा गर्दा राम्रो हुन्छ भन्ने विषयमा आइतबार शान्तिनगर गाउँपालिकामा छलफल गरिएको छ ।

अपाङ्ग समन्वय समिति शान्तिनगरकि अध्यक्ष मिथिला शाहको अध्यक्षता एवं गाउँपालिकाका अध्यक्ष कमान सिङ्ग डाँगीको प्रमुख आथित्यतामा भएको छलफल कार्यक्रममा अपाङ्गहरुका लागि आगामी बजेटमा आयमुलक कार्यक्रम र रेडियो उद्घोषण जस्ता कार्यक्रमलाई विशेष प्राथमिकता दिनुपर्ने कुरामा जोड दिएका थिए ।

छलफल कार्यक्रममा गाउँपालिकाका अध्यक्ष कमान सिंह डाँगीले अपाङ्गहरुका लागि बजेट विनियोजनमा कुनै कन्जुस्याइँ नगरिने पनि बताए । तपाईंहरुका लागि कस्तो कार्यक्रम ल्याउनु पर्ने हो त्यो मलाई भन्नुहोस् अध्यक्ष डाङ्गिले भने ।

छलफल कार्यक्रममा अपाङ्ग समन्वय समितिकि सदस्य रजनी शाह, थमन्न बहादुर श्रीस लगायतकाको सहभागिता रहेको थियो । साथै भोली सोमबार शान्तिनगर गाउँपालिकाले गाउँपालिकाको कार्यालय चिराघाटमा आपाङ्गहरुका लागि परिचयपत्र वितरण गर्ने जनाएको छ ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस