२०७९ माघ २४, मंगलबार

एकमहिने मोटरसाइकल मर्मत र कपाल काट्ने तालिमको उद्घाटन

जेठ १९, २०७६  | ८३९ पटक पढिएको

– बालकृष्ण पाण्डे
१९ जेठ, हापुरे / बबई गाउँपालिकाले आइतबार एकै दिन दुई ओटा व्यवसायिक तालिमको हापुरेमा उद्घाटन गरेको छ । बबई गाउँपालिकाको आर्थिक सहयोगमा सञ्चालन हुने तालिमलाई केपि इन्जिनियरिङ सोलुशन प्रालिले मोटरसाइकल तथा सिम्स ईन्स्टिच्युट तुलसीपुरले कपाल काट्ने तालिम सञ्चालन गर्ने छ्न् ।

केपि इन्जिनियरिङ सोलुशन प्रालिका अध्यक्ष गणेश कुमार भण्डारीको अध्यक्षता एवं बबई गाउँपालिकाका अध्यक्ष भुवनेश्वर पौडेलको प्रमुख आतिथ्यता बबई गाउँपालिकाका उपाध्यक्ष सावित्रा विश्वकर्माको विशिष्ट आतिथ्यतामा तालिमको उद्घाटन गरिएको हो । तालिमको उद्घाटन गर्दै प्रमुख अतिथि बबई गाउँपालिकाका अध्यक्ष भुवनेश्वर पौडेलले थोरै लगानी तर आम्दानी धेरै हुने तालिम अन्तर्गतका तालिमले सहभागीहरुलाई व्यवसायिक बन्न उत्प्रेरणा गर्ने बताएका छन् । बबई गाउँपालिकाका उपाध्यक्ष सावित्रा विश्वकर्माले तालिम सीप सिकेर राम्रोसँग टिकेर काममा र व्यवसायिक बनेको हेर्ने धोको रहेको बताएका छन् ।

उद्घाटन कार्यक्रममा समाजसेवी धनसिङ केसी, मोटरसाइकल तालिमका प्रशिक्षक द्वय सन्तोष लामिछाने, देविदत्त अधिकारी, कपाल काट्ने टेक्निसियन सोभा शर्मा लगायतकाको उपस्थिति रहेको थियो । सिम्स ईन्स्टिच्युट तुलसीपुरका कार्यक्रम संयोजक जिवराज अधिकारीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रम को सहजीकरण बबई गाउँपालिकाका प्रेस संयोजक बालकृष्ण पाण्डेले गरेका थिए ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस