२०७९ माघ २४, मंगलबार

आगलागीमा पाँच घर जलेर नष्ट

जेठ १९, २०७६  | १०५२ पटक पढिएको

१९ जेठ, सप्तरी / सप्तरीको बोदेबरसाइन नगरपालिका–३ स्थित गौराटोलमा शनिबार राति आगलागी हुँदा पाँच घर जलेर नष्ट भएको छ ।

राशिन्द्र यादवको घरमा विद्युत् चुहिएर भएको आगलागीमा यादवको एक घरसहित काशिन्द्र यादव, जयनारायण यादव, जागेश्वर यादव र ध्रुवकुमार यादवको एक–एक घर पूर्णरूपमा जलेर नष्ट भएको सप्तरी प्रहरीले जनाएको छ ।

आगलागीमा परी अन्नपात, लत्ताकपडा, भाँडावर्तन, पम्पिङ सेट, पक्षीसहित सरसामान जलेर नष्ट हुँदा करीब रु सात लाख बराबरको क्षति भएको पीडितहरुले जनाएका छन् ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासीको सहयोगमा राजविराज नगरपालिका र शम्भुनाथ नगरपालिकाबाट गएको वारूणयन्त्रको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो । रासस

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस