२०७९ माघ २४, मंगलबार

दंगीशरणमा जीवन जिउँने कलाको अभ्यास

जेठ १९, २०७६  | १०३९ पटक पढिएको

– दिप्तीशिखा चौधरी
१९ जेठ, दंगीशरण / दंगीशरण गाउँपालिका वडा नं. ४ को आयोजनामा जीवन जिउँने कला संगै खुसी हुने कार्यक्रम शनिबार देखि शुरु भएको छ । दंगीशरणका नागरिकहरुलाई पनि स्वस्थ रहने ज्ञान सिकाउने उद्देश्यका साथ यस्तो खालको कार्यक्रमको आयोजना गरिएको वडा नं. ४ का अध्यक्ष नेव बहादुर कवँरले बताए । उनले नयाँ कुराले पक्कै पनि मानीसको जीवनमा केहि परिवर्तन ल्याउँनेछ भन्ने आशा रहेको बताए । पहिलो पटक सञ्चालित यो कार्यक्रममा यूवा देखि जेष्ठ नागरिकहरु गरि २० जनाको सहभागिता रहेको छ । शनिबार पहिलो दिन सहभागिहरु उत्साहपूर्वक कार्यक्रममा सहभागिता जनाए । शुरुमा कार्यक्रम बारे अनविज्ञ रहेका सहभागीहरु गुरु विष्णु पाण्डेले कार्यक्रमबारे जानकारी दिएपछि चाख मानेर सुने ।

शनिबार गुरु पाण्डेले सोच, शरीरलाई आवश्यक पर्ने तत्वहरु र स्वासप्रश्वास प्रक्रियाका बारेमा अभ्यास गराएका छन् । ४ दिनसम्म संचालीत तालिममा शरीरलाई स्वस्थ राख्ने सम्बन्धि ज्ञान र योगा गराईनेछ । वडा अध्यक्ष नेव बहादुर कँवरले ब्यानर पढेर कार्यक्रमको उद्घाटन गरेका हुन् । उद्घाटन सत्रको कार्यक्रमको सहजीकरण वडा सचिव प्रेम चौधरीले गरेका थिए ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस