२०७९ माघ २६, बिहीबार

गर्मी बढ्दो चार दिन विद्यालय बन्द गर्ने निर्णय

जेठ १७, २०७६  | ८२५ पटक पढिएको

– तिर्थराज ज्ञवाली
१७ जेष्ठ, मसुरीया (देउखुरी दाङ) / राप्ती गाउँपालिकाले बढ्दो गर्मीको समयलाई मध्यनजर गर्दै बालबालिकाको स्वास्थ्य रक्षाका लागि चार दिनका लागि विद्यालय बिदा गरेको छ ।

राप्ती गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाले सूचना प्रकाशन गरि राप्ती गाउँपालिका क्षेत्रका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरुलाई जेष्ठ १७ देखी २० गते सम्म विद्यालय बिदा गर्न अनुरोध गरेको हो ।

राप्ती क्षेत्रका विद्यालयबाट बढ्दो गर्मीका कारण शिक्षण सिकाईमा कठिनाई बढेको जानकारी आएकोले प्रथम चरणमा चार दिन विदा गरिएको राप्ती गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाका शाखा अधिकृत विश्वास विकले जानकारी दिएका छन् ।

राप्ती क्षेत्रका विद्यालयको यस बिदा वर्षे विदामा कटौती हुने गरि तथा नियमित शैक्षिणिक योजनामा असर नपर्ने गरि बिदा गरिएको र विदा समाप्त भएपनि मौसममा परिवर्तन नआए पुन सूचना गर्न सकिने शाखा अधिकृत विश्वास विकले जानकारी दिएका छन् ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस