२०७९ माघ १३, शुक्रबार

मेक्सिकोमा बस दुर्घटना, २१ जनाको मृत्यु

जेठ १६, २०७६  | १०२७ पटक पढिएको

१६ जेठ, भेराक्रुज / मेक्सिकोको पूर्वी क्षेत्रको भेराक्रुज राज्यमा बुधबार भएको सडक दुर्घटनामा कम्तीमा २१ जनाको मृत्यु हुनुका साथै ३० जनाभन्दा बढी घाइते भएका छन् ।

प्रहरीका अनुसार यात्रु बोकेको पर्यटक बससँग मिनिट्रक ठोक्किएर दुर्घटना भएको थियो । दुर्घटना लगत्तै बसमा आगलागी पनि भएको थियो ।

स्थानीय आपतकालीन टोली पुगेर बसमा यात्रारत व्यक्तिहरुको उद्धार गरेको थियो । घाइतेहरुको स्थानीय अस्पतालहरुमा उपचार भइरहेको छ ।

प्रत्यक्षदर्शीका अनुसार ओरालोमा गुडिरहेको बसको ब्रेकले काम नगरेका कारण मिनीट्रकमा बस ठोक्किएको थियो । (रासस-एएनआई)

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस