२०७९ माघ २४, मंगलबार

“विमानस्थल स्तरोन्नतिको कुराले हौसला थपेको छ” : नगरप्रमुख पाण्डे

जेठ १६, २०७६  | १३५९ पटक पढिएको

१६ जेठ, तुलसीपुर / सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको बजेटमा टरिगाउँ विमानस्थल स्तरोन्नतिको कुरा समावेश गरेको प्रति नगरप्रमुख घनश्याम पाण्डेले खुसी व्यक्त गरेका छन् ।

बन्द अवस्थामा रहेको विमानस्थल सञ्चालनका लागि आफुले गरेको पहलले सार्थकता पाएको उनको भनाई छ । ‘विमानस्थल दीर्घकालिन सञ्चालन हुने कुरामा ढुक्क भयो’ उनले भने ।

लामो समय बन्द रहेको विमानस्थल सञ्चालनका लागि नगरप्रमुख पाण्डेले लामो कसरत गरेका थिए । तुलसीपुर उपमहानगरपालिकाको समन्वयमा अहिले विमानस्थलमा सानो आकारको जहाज दैनिक सञ्चालन भइरहेको छ । विमानस्थलको स्तरोन्नतिका लागि पहल गर्ने सबैलाई पाण्डेले धन्यवाद दिएका छन् ।

‘सबैको साथ र सहयोगले तुलसीपुरका लागि ठूलो उपलब्धि भएको छ’ उनले भने । २०११ सालमा सञ्चालनमा आएको विमान गौचरणमा परिवर्तन भएपछि नगरप्रमुख पाण्डेको पहलमा नियमित सञ्चालन भएको हो ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस