२०७९ माघ २४, मंगलबार

दुई दाताले जग्गा दिए, पाँच नं. वडा आफ्नै भवनबाट सेवा दिने

जेठ १५, २०७६  | १६०० पटक पढिएको

– दिप्तीशिखा चौधरी
१५ जेठ, दंगीशरण । दंगीशरण गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीले वडा कार्यालयबाट जनताले अब दैनिक रुपमा लिने सेवा छिटो र सहज रुपमा लिन सकिने बताएका छन् । अध्यक्ष चौधरीले सबै वडा कार्यालयले अवका दिनमा आफनै कार्यालयबाट सेवा दिने भन्दै सेवाग्राहीलाई कुनैपनि कठिनाई नहुने बताए ।

दंगीशरण गाउँपालिका वडा न. ५ को वडा कार्यालयको भवन शिलान्यास कार्यक्रममा उनले यस्तो बताएका हुन् । अध्यक्ष चौधरीले भने– “लामो समयदेखि घर भाँडामा लिएर साँघुरो स्थानबाट वडाले जेनतेन सेवा दिईरहेको थियो अब वडा कार्यालयको निर्माण पछि तपाईहरु फराकिलो स्थानबाट सेवा पाउँनुहुनेछ । यसका लागि धेरै लामो समय कुर्नुपर्ने छैन ।” अध्यक्ष चौधरीले वडा कार्यालयका लागि जग्गा दान गर्ने जग्गादातालाई धन्यवाद ब्यक्त गर्दै सबैको साथ सहयोगले समृद्ध दंगीशरण बन्ने विश्वास व्यक्त गरे । यस्तै वडा अध्यक्ष दिपक गौतमले वडा भवनका लागि जग्गाको आवश्यक्ता परेका बेला सहयोग गर्ने दाताहरु भेटिएको भन्दै खुसी व्यक्त गरे । वडा अध्यक्ष गौतमले भने— “मलाई तथा यस वडालाई सहयोग गरेका व्यक्ति धन्यवादका पात्र हुनुहुन्छ उनको यो योगदानले धेरै नै सहयोग प्राप्त भएको छ । अब जनताको सेवा आफ्नै भवनबाट दिन पाउँदा म धेरै नै खुसी छु ।”

आज बुधवार एक कार्यक्रमको बिच गाउँपालिकाका अध्यक्ष भागिराम चौधरी र वडा अध्यक्ष दिपक गौतमले विधिवत रुपमा पूजापाठ गरि सिलान्यास गरेका हुन् । शिलान्यास कार्यक्रममा गाउँपालिकाका प्रमूख प्रशासकिय अधिकृत चन्द्रकान्त पौडेल, वडा नं. ७ का वडा अध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता विर बहादुर वली, वडा सदस्य खिम बहादुर के.सी, निमा चौधरी, लिलावती दमेनी लगायतको सहभागिता रहेको थियो ।

वडा कार्यालय स्थापनाका लागि बुद्धिराज उपाध्यायले ३ कट्ठा र गोपाल खत्रीले २ कट्ठा गरि ५ कट्ठा जग्गा दान गरेका हुन् । सहयोग नै धर्म हो भन्ने उद्देश्यले जग्गा दान गरेको जग्गादाता बुद्धिराज उपाध्यायले बताए । भवन गाउँपालिकाको १५ लाख बजेटमा ४ कोठाको बन्ने भएको हो । रमिता चौधरीको स्वागत मन्तब्यबाट शुरु भएको भवन शिलान्यास कार्यक्रमको शहजिकरण भरत वलीले गरेका थिए ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस