२०७९ माघ २४, मंगलबार

गाउँमै निःशुल्क शल्यक्रिया शिविर

जेठ १५, २०७६  | ९६२ पटक पढिएको

१५ जेठ, सल्यान / नेपाल नेत्रज्योति संघ राप्ती आँखा अस्पताल रक्षाचौर दाङले स्थानीय सरकारको सहकार्यमा सुरु गरेको मोतियाविन्दुको निःशुल्क शल्यक्रिया कार्यक्रम अन्तर्गत सल्यानको छत्रेश्वरी गाउँपालिकामा शिविर बुधवार देखि सुरु भएको छ । छत्रेश्वरी गाउँपालिकाको आर्थिक सहयोग र अस्पतालको प्राविधिक सहयोगमा भोटचौरमा निःशुल्क आँखा शिविर सुरु भएको हो ।

छत्रेश्वरी गाउँपालिकाका अध्यक्ष सन्तोष केसीको अध्यक्षता तथा नेपाल नेत्रज्योति संघ दाङका सचिव सुरेन्द्रबहादुर खड्काको प्रमुख आतिथ्यमा भएको शिविर उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष केसीले स्थानीय सरकारले गाउँमै ज्येष्ठ नागरिकहरुको आँखा लागेको मोतियाविन्दुको शल्यक्रियागरी उज्यालो प्रदान गर्न लागेको बताए । उनले यस वर्ष देखि सुरु भएको कार्यक्रमलाई निरन्तर्ता दिने बताए ।

त्यसैगरी संघका सचिव खड्काले दाङका विभिन्न स्थानीय निकायहरु संगै कर्णाली प्रदेशका विभिन्न जिल्ला अन्तर्गत सल्यानमा पनि साझेदारी कार्यक्रम सुरुभएको बताए । उनले कोही पनि पैशाको अभावका कारण आँखा उपचार सेवाबाट बन्चीत नहुन भन्ने उद्धेश्यले साझेदारी कार्यक्रम सुरु गरेको बताए । त्यसैगरी कार्यक्रममा नेत्र विशेषज्ञ डा. सुरेश रसाइलीले नेपालमै पहिलोपटक साझेदारी कार्यक्रम यहाँबाट सुरु गरेको भन्दै गाउँमै मोतियाविन्दुको शल्यक्रिया गरिने बताए ।

कार्यक्रममा छत्रेश्वरी गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख अमर शर्माले यहिलो चरणमा गाउँपालिकामा आँखा चेकजाँच गरेको र त्यस मध्य एक सय २१ जना मोतियाविन्दुका विरामीहरु भेटिएको बतए । उनले ति विरामीहरुको शल्यक्रिया गरी उज्यालो प्रदान गर्ने बताए । दुई दिन सम्म सञ्चालन हुने शिविरमा पहिलो दिन ५० जना विरामीको शल्यक्रिया गरीएको डा. सुरेश रसाइलीले जानकारी दिए । गाउँमै निःशुल्क शल्यक्रिया र आँखा चेकजाँच गर्न पाएकोमा स्थानीयहरुले खुसी व्यक्त गरेका थिए ।

कार्यक्रमको सहजिकरण गाउँपालिकाका प्रेस सल्लाकार नवीन पौडेलले गरेका थिए ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस